डलरको भाउमा नयाँ रेकर्ड कायम, हेर्नुहोस आजको विदेशी विनिमय दर !

काठमाडौँ – नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको हो । सोही क्रममा मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५.१६ रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च हो ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २४.५६ रुपैयाँ (खरिद दर) तोकेको छ । यो पनि हालसम्मकै उच्च हो । गत शुक्रबारदेखि सोमबारसम्म एक अमेरिकी डलरको विनिमय दर १ सय २४.८४ रुपैयाँ तोकेको थियो । तर मंगलबारका लागि भने एकै पुनः उकालो लागेको हो ।

यसअघि यही जेठ ६ मा अमेरिकी डलरको भाउ १ सय २४.६७ रुपैयाँ पुगेको थियो । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । सोही क्रममा मंगलबार डलरको भाउ पुनः नयाँ उचाइमा पुगेको हो ।

गत असारको तुलनामा वैशाखसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.७१ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.७२ प्रतिशतले बलियो (अधिमूल्यन) भएको थियो । ‘०७९ वैशाख मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १ सय २३.६३ पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘०७८ असार मसान्तमा उक्त विनिमय दर १ सय १९.०४ थियो ।’

पछिल्ला ४ वर्षमा अमेरिकी डलर भाउ करिब २३ रुपैयाँ बढेको छ । डिसेम्बर २०१७ मा एक अमेरिकी डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो । विश्वबजारमा अमेरिकी डलरको माग अकासिएपछि भाउ पनि बढेको जानकारहरू बताउँछन् । पछिल्लो समयमा गत वैशाख २७ देखि अमेरिकी डलरले हरेक दिनजसो नयाँ रेकर्ड बनाउन थालेको हो । त्यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ र ०७७ वैशाख १० मा १ सय २३.२४ रुपैयाँसम्म पुगेको थियो ।

पछिल्ला केही महिनायता विश्वबजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकारहरूको भनाइ छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।

सोमबार साँझसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ७८.०६ छ । यो एक साता (जुन ६ तारिख) अमेरिकी डरलको विनिमय दर बराबरकै हो । त्यति बेला भारुको तुलनामा अमेरिकी डलरको सबैभन्दा उच्च विन्दुमा पुगेको थियो । सोमबार उक्त रकर्ड पनि तोडेर तोडेर डलरको भाउ उकालो लागिरहेको छ । पछिल्ला महिनाहरूमा अमेरिकी विश्वबजारमै डलरको माग बढेकाले त्यसको भाउ पनि निरन्तर उकालो लागिरहेको छ । त्यसको असर भारु हुँदै नेपाली मुद्रासम्म पनि परेको जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...