काठमाडौं – पप गायक जस्टिन बिबरको अनुहार पक्षघा’त भएको छ। यसले गर्दा उनले यस हप्ताका कार्यक्रम रद्द गर्नुपरेको बताएका छन् । २८ वर्षीय गायकले इन्स्टाग्राम भिडियो राख्दै आफूलाई ‘रामसे हन्ट सिन्ड्रोम’ले गर्दा अनुहारको आधा भागमा पक्षघा’त भएको बताए ।
उनले भने, ‘भिडियोमा पनि देख्न सकिन्छ मेरो एउटा आँखा झिम्केको पनि छैन । म मेरो अनुहारको एक छेउमा हाँस्न पनि सक्दिनँ। मेरो अनुहारको एक पक्ष पूर्ण रूपमा पक्षाघा’त भएको छ।’
रामसे हन्ट सिन्ड्रोम एक प्रकारको डर्मेटाइटिस (छालाको रोग)को प्रकोप भएको र यसले कान नजिकैको अनुहारको स्नायुलाई असर गर्ने विज्ञहरू बताउँछन्। बीबरको जस्टिस वर्ल्ड टुरका तीन कार्यक्रमहरू यस हप्ताको सुरुमा स्थगित हुने घोषणा गरिएको थियो।
‘यस भाइरसले मेरो कान र मेरो अनुहारको स्नायुमा आक्रमण गरेको छ र मेरो अनुहार पक्षाघा’त भएको छ’, क्यानाडाली गायकले आफ्नो अनुहारको दाहिने भाग देखाइएको तीन मिनेटको भिडियोमा भनेका छन्। उनले आगामी शो शारीरिक रूपमा गर्न सक्षम नभएको बताउँदै आफ्ना फ्यानहरूलाई धैर्य गर्न आग्रह गरे।
उनले भने, ‘यो धेरै ग’म्भी’र छ, तपाईंले देखिरहनुभएको छ। मैले यस्तो नहोस् भनेर चाहे पनि मेरो शरीरले भने मलाई केही समय आराम गर्नुपर्छ भनिरहेको छ। मलाई आशा छ हजुरहरुले बुझ्नुहुनेछ। म यो समयलाई आराम गर्न र शतप्रतिशत उर्जा लिएर फर्किनका लागि मात्र प्रयोग गर्नेछु ताकि म जे गर्नको लागि जन्मेको हुँ त्यो गर्न सकूँ।’ बीबीसी
Justin Bieber revealed that half of his face is paralyzed after being diagnosed with Ramsay Hunt Syndrome
Prayers up🙏 pic.twitter.com/wAgwGMvZgN
— RapTV (@Rap) June 10, 2022
























