रेणु दाहाललाई जुन कुराको डर थियो त्यही भयो, एमाले उम्मेदवार बने झनै उत्साहित !

चितवन – भरतपुर महानगरपालिकामा जे नहुनु थियो त्यही भएको गठबन्धनका नेताकार्यकर्ताहरुले प्रतिक्रिया दिन थालेका छन् ।गठबन्धनकी साझा

उम्मेदवार बनाइएकी भरतपुरकी पूर्व मेयर रेणु दाहालका लागि खतराको घण्टी बजेको हो । भरतपुरका कांग्रेसीले रेणुलाई भोट नहाल्ने सम्भावना ह्वात्तै बढेको छ त्यसको मुख्यकारण बागी उम्मेदवार ।

सत्तारूढ गठबन्धनले नेकपा माओवादी केन्द्रलाई मेयर पद छाडेको भरतपुर महानगरपालिकामा कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेद्वारी दायर गराएका छन् । सोमबार दिउँसो काँग्रेसको झण्डा र चुनाव चिन्ह तथा बाजागाजासहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।

भरतपुरमा मेयर पद माओवादी केन्द्रलाई दिएपछि नेपाली काँग्रेसभित्र असन्तुष्टि चर्केको छ । कांग्रेस जोगाउने अभियान स्वरूप आफूले उम्मेदवारी दिएको पौडेलले बताए ।

पौडेलसँगै आएका कांग्रेस चितवनका पूर्व सभापति वयोवृद्ध नेता कृष्णलाल सापकोटाले पौडेललाई भरतपुरका सवै कांग्रेसले मत दिएर जिताउने बताए । पौडेल २०४९ सालको चुनावमा नेपाली कांग्रेसबाट भरतपुरमा उपमेयरमा विजयी भएका थिए ।

पौडेल वरिष्ठ अधिवक्ता राष्ट्रिय सभाका सांसद भइसकेका व्यक्ति हुन् । भरतपुर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदमा विजय सुवेदीले मनोनयन दर्ता गरेका छन् । कांग्रेसबाटै बागी उठेपछि सुवेदी उत्साहित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...