देउवाकै जिल्लामा फुट्यो गठबन्धन, माओवादी र समाजवादी मिलेर……..

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रि शेर बहादुर देउवाले निकै जोडबल गरेर महानगर र उपमहानगरपालिकामा केन्द्रबाटै गठबन्धनको भागबण्डा मिलाए तर देउवाकै गृहजिल्ला डढेलधुरामा भने गठबन्धन फ्टेको छ ।

पटक पटक बैठक बैठक बसेर भागबण्डाको प्रयास भए पनि कुरो मिल्न नसके पछि डढेलधुराका गठबन्धन दलका नेताहरु केन्द्रिय भाषामानै अब मित्रवत प्रतिस्पर्धा गरौं भनेर छुट्टिएका छन् ।

कांग्रेस र माओवादी नै मुख्य शक्ति रहेका त्यहाँ दुवैले एक अर्काको अस्तित्व स्विकार्न नसके पछि गठबन्धन बन्न नसकेको बताइएको छ ।

कांग्रेससँग कुरो नमिल्ने पनि केहि स्थानिय तहमा भने माओवादी केन्द्र र नेकपा एसका विचमा भने गठबन्धनको तयारी भइरहेको बताइएको छ ।

प्रधानमन्त्रि देउवाको गृहपालिका समेत रहेको गन्यापधुरा र नवदुर्गा गाँउपालिकामा माओवादी केन्द्र र नेकपा एस मिलेर कांग्रेसँग प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

गठबन्धनमा तिन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच पालिका भागवण्डामा कुरा नमिलेपछि तिनै दलले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन् । सातवटा पालिका रहेको डडेल्धुरामा कांग्रेसले ५, माओवादीले ३ र समाजवादीले २ स्थानीय तहमा दाबी गरेको थियो ।

नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिति उपाध्यक्ष मानसिंह मालका अनुसार सौहार्दपुर्ण प्रतिस्पर्धा गर्ने लिखित सहमति नै भइसकेको छ ।

यसको जानकारी केन्द्रमा समेत गराइसकेको उनले बताए । उनले भने, “डडेल्धुरामा एमाले तेस्रो पार्टी हो । प्रतिस्पर्धा कांग्रेस र माओवादीकै हो । यस्तोमा जो नित पनि सत्ता गठबन्धनकै जित हुन्छ । त्यसैले हामीले मिल्न नसक्ने अवस्था देखिएपछि आ–आफ्नो ढंगले चुनावमा जाऔ भनेको हौ । यसमा सबै सहमत छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...