ओलीले खादा पहिरिएर एमाले प्रवेश गरेका पित्तबहादुर २४ घण्टा नबित्दै फेरी माओवादीमै

धादिङ –

केपी ओलीबाट सोमबार खादा पहिरिएर एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) पुन: माओवादीमै फर्किएका छन् ।

समकक्षी नेता कार्यकर्ताको दबाबपछि एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै माओवादीमै फर्किएका हुन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए । यसअघि उनी नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेश कमिटीको सदस्य थिए ।

माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एकमात्र अध्यक्ष हुन् । एमाले पृष्ठभूमिमा हुर्किए पनि

द्वन्द्वको समयमा माओवादीमा लडेका डल्लाकोटी १५ वर्षदेखि निरन्तर माओवादीकै विभिन्न संगठनहरुमा सक्रिय थिए ।

पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी गठबन्धन गरेर डल्लाकोटी अध्यक्षमा विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...