काठमाडौँ –
चालू आर्थिक वर्ष सुरु भएपछि देशमा आर्थिक तरलता अत्यधिक बढ्दै जाँदा एक खालको संक’ट नै उत्पन्न भयो । आर्थिक वर्षको ६
महिनासम्म यो संकटले निकै घर ग¥यो । त्यतिबेलामा बैंकमा निक्षेप पनि देखिएन र सरकारी पुँजीगत खर्च पनि हुन सकेन ।
देशको ठूलो बजेट अंशका रूपमा रहेको पुँजीगत खर्च प्रभावकारी रूपमा खर्च हुन नसक्दा यसले तरलताको समतलीय असरलाई व्यापक बनायो पनि ।
बैंकमा आवश्यकता अनुरूपको निक्षेप हुन नसक्दा जनताले चाहेको ऋण लगानी गर्न सकेन भने सर्वसाधारण पनि ऋण अभावमा विभिन्न सम’स्या भोग्न बाध्य भए ।
सर्वसाधारण पनि ऋण लिन बैंकमा लाइन लाग्ने सम’स्यामा भने कमी आएन । यसले जनतामा आर्थिक उन्नति गर्न पनि केही गरौं भन्ने आशा निराशामा
परिणत हुन गयो भने बैंकहरू पनि आर्थिक तरलताले निकास नपाउने हो कि भन्ने ठूलो आशंका पैदा गरायो । सरकार र अर्थ मन्त्रालयको ठूलो आलोचना भयो,
योबीचमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच चलेका केही खटपट सार्वजनिक भए पनि । यसले जनतामा आशावादिताको सञ्चार गर्न सकेन ।
अर्थमन्त्रीले विकासे वा पुँजीगत खर्च बेलैमा गर्न/गराउन नसके रकमान्तर गरिनेसम्मको कडी कडा निर्देशन दिए । मन्त्रालयबीच बैठक पनि यसै विषयलाई लिएर बारम्बार बसे ।
तर, यो रकम खर्च हुन समय लागेरै आयो । हरेक आर्थिक वर्षका पहिला तीन महिना बजेट आयो भनी रमाउँदैमा जाने, अर्को तीन महिना चाडपर्व मनाएर बिताउने,
थप तीन महिना योजना बनाएर बिताउने र बाँकी रहेका तीन महिनामा भेल बाढीसँग पुँजीगत खर्च मिसाएर बगाउने गरिएको तर्क यथार्थभन्दा टाढा छैन ।
यसले गर्दा पनि हरेक वर्ष देशमा आर्थिक तरलता आइरहने गरेको छ । यसमा थप बैंकहरूमा हरेक आर्थिक वर्षका पहिला महिनाहरूमा आर्थिक
निक्षेप पनि कम हुने गरेको पाइन्छ । चालू आर्थिक वर्षको ६ महिना यसैगरी बिते । अहिले बैंकमा पनि आर्थिक निक्षेप हुन थालेको छ ।
बैंकहरूले निक्षेपमा ब्याज बढाएपछि र राष्ट्र बैंकले पनि नीतिगत व्यवस्थापन गरेपछि बैंकहरूमा तरलता बढ्न थालेको हो । गत साता निक्षेपमा राम्रै सुधार देखिएको छ ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत फागुन १५ देखि २० गतेसम्ममा १२ अर्ब निक्षेप बढेको छ भने १२ अर्ब नै नेपाली मुद्रामा कर्जा लगानी भएको छ ।
यद्यपि, विदेशी मुद्राको निक्षेप र कर्जालाई आधार मान्ने हो भने जति कर्जा लगानी भएको छ त्योभन्दा दोब्बरले निक्षेप वृद्धि भएको छ ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार फागुन १३ गतेसम्म बैंकहरूमा कुल ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । फागुन २० गतेसम्म भने ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप देखिएको छ ।
अर्थात् एक सातामै ११ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । सोभन्दा अघिल्लो सातामा जम्मा १ अर्ब मात्र निक्षेप थपेको थियो । फागुनको पहिलो सातामा पनि १ अर्ब मात्र निक्षेप थपेको थियो ।
गत साता कर्जा पनि ५ अर्बले बढेको छ । गत माघ महिनासम्म ४१ खर्ब ५९ अर्ब कर्जा रहेकोमा दोस्रो सातामा ६ अर्ब बढेर ४१ खर्ब ६५ अर्ब पुगेको थियो अहिले आएर बैंकहरूको कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब पुगेको छ ।
























