काठमाडौँ –
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका क्षेत्री एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन् ।
उनलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा मंगलबार पार्टी प्रवेश गराएका हुन् ।
क्षेत्रीसहित एमालेका जिल्ला कमिटी सदस्य कृष्ण क्षेत्री, सुभाष सुन्दाससहित करिब २ सय नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेको केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जानकारी दिए ।

यो पनि : एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रकाे रङ हरियो राख्न थालिएको भन्दै आप’त्ति जनाएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताए ।
‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उनले भने, ‘किन हरियो राख्ने ? रुखैरुख देखियोस् भनेर ? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’
‘निर्वाचन आयोगको मतपत्रका चिन्हहरूमा हरियो राख्ने भयो अरे। हरियो चिन्ह किन राख्ने? के कारणले राख्ने? निर्वाचन आयोगले बताउनु परो। हो कि होइन उहाँहरूलाई सोध्न भ्याएको छैन।
म व्यस्त छु। यदि हो भने के कारणले हो? धार्मिक हिसाबले राख्ने हो? कसैको हरियो देखिने चिन्ह छ भनेर हो कि? केका लागि राख्ने?,’ ओलीले प्रश्न गरे,
‘सबैतिर जनता नै आँखा नदेख्ने, कमजोर आँखा भएकाले हरियो रूखैरूख देखोस् भनेर हरियो राख्ने हो कि? यदि होइन भने लेख्ने सञ्चार माध्यमले त्रुटि सच्याउनुपर्छ। आयोगले गरेको भए यस्तो त्रुटि सच्याउनुपर्छ।’
एमालेविरु’द्ध राज्यका सबै अंग प्रयोग गरिएको भन्दै उनले एमालेविरु’द्ध गरिएका कार्य सच्याउन अध्यादेशबाट पनि सकिने बताए ।
निर्वाचन आयोगका अनुसार यसपालि विगतका निर्वाचनहरूमा प्रयोग गरिएका रङले मतपत्र बदर हुने, अस्पष्ट हुने भएकाले झलक्क देखिने गरी हरियो चिन्ह राख्न खोजिएको हो।























