काठमाडौं –
रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा नगरपालिकाका प्रमुखमा निर्वाचित भएका बगडियालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २५ गते रंगेली जाने कार्यक्रम तया भएको छ ।
सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रको एकता भं’ग भएपछि नै बगडिया नेकपा माओवादी केन्द्रसँग टाढिएको थिए ।
नेकपा विभाजन भएपछि सत्तामा एमाले अधयक्ष तथा तत्कालिन प्रधानमन्त्रि केपी शर्मा ओलीको गतिविधिबाट गडियालाई लामो समय ओली सरकार रहने विश्वासमा परेको थिए ।
पार्टीको बैठक र अन्य गतिविधिमा सहभागी हुन छोडेपछि नेकपा माओवादी केन्द्रले उनलाई गतबर्ष स्पष्टीकरण सोधेको थियो । तर,
उनले आफले पार्टी नछोडेको र कार्यव्यस्तताले गर्दा पार्टी बैठकमा उपस्थित हुन नसकेको नवाफ पठाएका थिए ।
त्यसपछि उनी माओवादी केन्द्रका नेताहरुसँग निकट सम्बन्धमा रहेर सरकारबाट योजना रब जेट ल्याउन क्रियाशिल भएका थिए ।
उनले अर्थमन्त्रि जनार्दन शर्मासँग पटक पटक भेट गरेर पार्टी परित्याग नगर्ने भन्दै विश्वस्त तुल्याउने गरेका थिए । पछिल्लो समय नेकपा माओवादी
केन्द्रका स्थानिय नेताहरुसँग सम्बन्ध वि’ग्रिएपछि र पार्टीले एमसीसी पास गनरेपछि बगडिया पार्टी परित्याग गर्ने मुढमा पुगेको हुन् ।
प्रमुख बगडियाले नेकमा एमाले प्रवेश गर्न लागेको स्वीकार गरेका छन् । मैले पार्टी प्रव्ेश गर्ने तयारी गरे प्रमुख बगडियाले भने ।
बगडियासँगै रंगेली नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपप्रमुख केशवकुमारी खराल पनि एमाले प्रवेश गर्ने चर्चा चलेको छ ।
नेकमा एमालले आयोजना गरेको वृहद पार्टी प्रव्ेश तथा जनसभा कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित अरु दुई जना वडाअध्यक्ष सहित केहि जनप्रतिनिधहरु पनि पार्टी प्रवेश गर्ने तयारी गरेको बताइएको छ ।
प्रमुख बगडिया भन्छन् म प्रवेश गर्ने कुरा निश्चित हो तर, अरु को को प्रवेश गर्छन भैले ठेक्क लिने कुरा भएन, मैले अरुको बिषयमा चासो लिएको छैन ।
२०७४ सालको निर्वाचनमा रंगेली नगरपालिकाबाट बगडियाले ८ हजार ८६ मत प्राप्त गरि निर्वाचित भएका थिए । उनका निकटतम
प्रतिद्धन्द्धिी नेपाली कांग्रेसका मोदराज घिमिरेले ६ हजार १८६ मत प्राप्त गरेका थिए । रंगेलीमा नेकमा एमाले तेस्रो स्थानमा थियो ।
एमालेका उम्मेदवार सन्तोषकुमार साहले ३ हजार १२१ मत प्राप्त गरेका थिए । नेकपा माओवादी केन्द्रका उपप्रमुख उम्मेदवार भन्दा करिव २८ सय मत बढी मत बगडियाले पाएका थिए ।























