ओलीले धेरै नै हेप्न थालेपछि माधव नेपालले दिए यस्तो कडा चे ता व नी, नेता कार्यकर्ता सबै चकित !

काठमाडौं –

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भं’ग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभएको छ ।

काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले ओलीको वित’ण्डा कति सहने भन्दै आफूहरूले संसद भं’ग गरेर तीनै तहको निर्वाचन

प्याकेजमा गर्नेबारे छलफल गरिरहेको जानकारी दिनुभएको हो । हाउस चल्न नदिने, भत्ता खाइरहने केपी ओलीको वित’ण्डा सहन नसक्ने

अवस्थामा पुगेको भन्दै नेता नेपालले संसद भं’ग गर्दा संसद पनि नरहने र ओलीको वित’ण्डापनि सकिने बताउनुभयो ।

सत्ताघटक नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले भने वैशाख ३० मा स्थानीय चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन साउन भदौमा गर्न सम्भव नरहेको टिप्पणी गर्नुभयो ।

यो पनि : नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत भएका छन् ।

कोइराला–पौडेल समूहका हुन् खनाल । दोस्रो चरणको प्रतिस्पर्धामा रहेका मिलनबाबु श्रेष्ठले समर्थन गरेका कारण खनाललाई बिना मतदान सभापति घोषणा गरिएको हो ।

श्रेष्ठ सभापति शेरबहादुर देउवा निकटका हुन् । देउवा समूहले दोस्रो चरणको मतदानमा नगइकन ठूलो छाती बनाएर सहयोग गरेपछि खनाल सभापतिमा सर्वसम्मत भएका हुन् ।

चितवन कांग्रेसको सभापति पदका लागि बिहीबार पाँच जनाले मनोनयन दायर गरेका थिए ।

शुक्रबार भएको निर्वाचन परिणाममा कुनै पनि उम्मेवारले ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान शनिबारका लागि तय भएको थियो ।

पहिलो चरणमा खनालले ७४६ र श्रेष्ठले ६६२ मत पाएका थिए ।

सभापतिमा उत्तम जोशी, सूर्यकान्त खनाल र कैलाश कोइराला पनि प्रतिस्पर्धामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...