काठमाडौं –
राष्ट्रिय जनमोर्चाले ५ दलीय गठबन्धनबाट आफूलाई बाहिर ल्याएपछि नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेशको सरकारलाई तना’ब भएको छ ।
एमसिसी संसदबाट पारित भएपछि जनमोर्चा सत्तागठबन्धबाट अलग हुने निर्णय गरेको छ । यसको प्रत्यक्ष असर गण्डकी प्रदेश सरकारलाई परेको छ ।
प्रतिनिधि सभामा जनमोर्चाको एक सिट छ । राष्ट्रिय सभामा अर्को एक सिट छ । जनमोर्चाले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा सरकार ढल्ने निश्चित छ ।
गत २९ जेठमा गण्डकीमा जनमोर्चासँगै कांग्रेस, माओवादी, जनमोर्चाका, जनता समाजवादी पार्टी र एक स्वतन्त्र गरी ३१ सांसदको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री पोखरेललाई जनमोर्चाले दिएको समर्थन फिर्ता लिए सरकार अल्पमत परेर ढल्नेछ । गण्डकी प्रदेशको सरकार ढल्यो भने मध्यावधीमा जानुपर्छ ।
अर्को सरकार बन्ने अवस्था छैन । गण्डकीमा जनमोर्चाका दुई सांसद छन् । गण्डकीको सरकारलाई राख्ने वा मध्यवाधीमा जानेभन्ने निर्णय गर्ने अधिकार जनमोर्चाको हातमा पुगेको छ ।
गण्डकीमा सरकार बनाउन प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले ठूलो भूमिका खेलेका थिए । उनले जनमोर्चाका अध्यक्ष
चित्रबहादुर केसी, उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेललाई कन्भिन्स गरेर गण्डकीमा सरकार बनाएका थिए ।
यो पनि : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूको आलोकाँचो व्यवहारले मुलुक शक्तिराष्ट्रको रणनीतिक प्रतिस्पर्धात्मक स्थल बन्न पुगेका बताएका छन् ।
प्रमुख दलका नेताहरूले केटाकेटी व्यवहार देखाउँदा मुलुकको राष्ट्रियतामाथि नै आँ’च आउन पुगेको उनको भनाइ छ ।
‘शक्तिराष्ट्रहरूले अहिलेसम्म यो गर वा त्यो गर भनेका थिएनन्,’ मंगलबार महेन्द्रनगरमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने,
‘यो सब नेताहरूले केटाकेटी व्यवहार देखाउँदाको सम’स्या हो ।’ उनले व्याख्यात्मक टिप्पणी भन्दै संसद्बाट एमसीसी अनुमोदन गर्नु जनतालाई मूर्ख बनाउने काम भएको बताए ।
नेताहरूले वैदेशिक सम्बन्धलाई सत्तामा पुग्ने भर्याङका रुपमा प्रयोग गर्दा आजको अवस्था आएको लिङ्देनले बताए । कतिपयले एमसीसीकै बारेमा एक दिन ठीक र
अर्को दिन बेठीक भन्ने गरेकोप्रति राजनीतिक रूपमा अपरिपक्वता देखाएको उनले बताए । ‘आज ठीक हुने, भोली बेठीक हुने, अनि तेस्रो दिन फेरि ठीक हुने,’ उनले भने, ‘यस्तो पनि हुन्छ कहीँ, एमसीसीमा भयो ।’
मुलुकमा ३१ वर्षदेखि प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा लु’टतन्त्र चलिरहेको उनले आरो’प लगाए । ‘अब लु’टतन्त्रको विकल्प
खोज्नुपर्ने बेला भएको छ,’ अध्यक्ष लिङदेनले भने, ‘राजनीतिलाई पेसा व्यवसाय बनाउनेहरूले लु’टतन्त्र म’च्चाएका छन् ।’























