काठमाडौं –
भ्र’ष्टा’चा’र वि’रो’धी अभियन्ताको छवि बनाएका ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा शाहीलाई अध्यक्ष राजेन्द्रले स्वागत गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा अभियन्ता शाहीले पटक पटक विभिन्न वादका नाममा यो मुलुकलाई लुट्ने लु’टेरावादका विरु’द्ध ल’ड्ने क्रममा राष्ट्रवादी
शक्तिहरु कमजोर हुँदा विदेशी माफियाहरूको प्रभा’व बढेको बताए । विदेशी माफियाहरूको बढ्दै गएपछि नेपाली युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको उनले बताए ।
यो पनि : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’का संयोजक ज्ञानेन्द्र शाहीलाई ‘जीवनकै सर्वोत्कृष्ट दिन’ मा रहेको बताएका छन् ।
संयोजक शाहीसहित ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’का सदस्यहरुलाई शुक्रबार राप्रपामा औपचारिक रुपमा प्रवेश गराउँदै लिङ्देनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले ज्ञानेन्द्र शाही र उनको नेतृत्वको रहेको अभियानले जीवनमा कयौं राम्रो काम गरेको हुन सक्ने बताए । शाही र उनको समूहले भ्र’ष्टा’चा’रवि’रुद्ध अभियान सञ्चालन गर्ने,
घु’स नलिइ काम नहुने अवस्थामा प्रति’वाद गरेर सामान्य नागरिकलाई सरकारी सेवामा सहजता प्रदान गर्ने, विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने जस्ता कयौं राम्रा काम गरेको हुन सक्ने लिङदेनको भनाइ थियो ।
ती काम व्यक्ति विशेष, क्षेत्र विशेष र समूह विशेषका लागि केन्द्रित भए पनि आज राप्रपामा प्रवेश गर्ने काम सिंगो देश र धर्मका खातिर भएको भन्दै उनले यो काम जीवनकै उत्कृष्ट ठहरिएको बताए ।
उनले भने, ‘राप्रपा सामान्य राजनीतिक पार्टीमात्र होइन, सं’कटमा रहेको देश र धर्म जोगाउने, देशमा विद्यमान भ्र’ष्टाचा’र अन्त्य गरेर सुशासन स्थापना गर्ने अभियानमा राप्रपा छ ।’
ज्ञानेन्द्र शाही र उनको नेतृत्वको रहेको अभियानलाई पार्टीमा स्वागत गर्न पाउँदा आफू र सिंगो पार्टी हर्षित र गौरवान्वित भएको पनि लिङ्देनले प्रस्ट पारे ।
उनले भने, ‘राप्रपामा लाग्ने कुनै पनि नागरिकले जीवनको कुनै पनि दिन, कुनै क्षण पश्चाताप गर्नुपर्ने छैन । राप्रपा एउटा पार्टीमात्र होइन, एउटा आन्दोलन र अभियान पनि हो ।’ देश र धर्म जोगाउन क्रियाशील एकमात्र पार्टी राप्रपा भएको पनि उनले दाबी गरे ।
राप्रपाको एकता महाधिवेशनपछि समान विचार राख्ने व्यक्ति, समूह, अभियान सबैसँग कुराकानी गरेर राप्रपामा समाहित गर्ने, आवद्ध गराउने कार्य अगाडि बढाउँदै आएको उल्लेख गर्दै लिङ्देनले यो अभियान जारी रहने बताए ।
३१ वर्षदेखि देश बेरोजगार उत्पादन गर्ने कारखाना बनिरहेको जिकिर गर्दै उनले देश र जनताले यथास्थितिको अन्त्य खोजि रहेको उल्लेख गरे ।
‘एमाले, काँग्रेस, माओवादीको विकल्प खोज्न जरुरी छ,’ उनले भने, ‘त्यो विकल्प भनेको राप्रपा नै हो ।’























