यस्ता व्यक्ति अब देखि स्थानिय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाइने, आयो नयाँ प्रावधान

काठमाडौ – 

सरकारले निर्वाचनको मिति तोकेपछि स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुले तयारी थालेका छन् । निर्वाचन आयोगले पनि आफ्नो तर्फवाट तयारी थालेको छ ।

निर्वाचन आयोगले निर्वाचनका लागि केही नयाँ प्रावधान ल्याएको छ । अब जनप्रतिनिधि रहेकाहरुले पदमा वहाल हुँदै उम्मेदवारी दिन नपाउने भएका छन् ।

निर्वाचन प्रभावित हुने भएकाले जनप्रतिनिधि वहाल रहँदै उम्मेदवारी दिन नमिल्ने प्रावधान निर्वाचन आयोगले ल्याएको छ । अब फेरी स्थानिय तहमा

उम्मेदवारी दिन चाहने जनप्रतिनिधिले पदवाट राजिनामा दिनुपर्नेछ । पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने छन् ।

स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचारसंहितामा पनि समावेश गरे पछि यस्तो ब्यवस्था लागू भएको हो ।

आचारसंहिताको मस्यौदामा बहालवाला जनप्रतिनिधिहरू स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

‘अहिलेका जनप्रतिनिधि पदमा बहाल भएको अवस्थामा मतदातालाई प्रभावित पार्न योजना र बजेटमा चलखेल गर्ने र अनि स्थानीय तहको

शक्ति र पहुँचको पनि दुरुपयोग गर्ने जोखिम भएपछि ऐनमा भएको व्यवस्थालाई आचारसंहितामा समावेश गरेको आयोगका पदाधिकारीले

जनाएका छन् । आयोगले आन्तरिक रुपमा निर्माण गरिसकेको मस्यौदा केही दिनमा प्रमाणीकरण गर्ने तयारी गरेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ मा तीनवटै तहमध्ये कुनैको स्वामित्व, नियन्त्रण वा अनुदान पाउने गरी पदमा बहाल रहेको वा

संस्थाबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ । त्यही व्यवस्था अनुसार आचारसंहितामा राजीनामाको व्यवस्था गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...