काठमाडौँ –
रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु) र वडा अध्यक्ष श्रवणकुमार यादवसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र
प्रवेश गरेका छन् । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
शुक्ला तत्कालीन विजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै वडाध्यक्ष यादव नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।
उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा लुम्बिनी र मधेस प्रदेश फेरि एकपटक माओवादीमय हुने विश्वास व्यक्त गरे ।
उनले आफु केही दिन पहिला सर्लाही र रौतहट जाँदा पनि मधेसका सयौं जनता माओवादी प्रवेश गरेको स्मरण गर्दै जनप्रतिनिधिकै पार्टी प्रवेशले नयाँ सन्देश दिने बताए ।

यो पनि : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसी र सरकारी विधेयकहरु सभामुखले रोक्न नमिल्ने बताएका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिको सानेपामा बिहीबार बसेको बैठकपछि प्रवक्ता महतले सभामुखले आफ्नो दायित्व निर्वा गर्नुपर्ने र सरकारले पठाएका विधेयकहरु रोक्न नमिल्ने बताएका हुन् ।
‘सभामुखको काम नै सरकारले पठाएका विधेयकहरु सदनमा टेबल गर्ने हो, त्यहाँ छलफल गराउने हो, एमसीसी पनि रोक्न पाउनुहुन्न,
प्रवेश नै नगराएपछि के हो, के हो भन्ने अन्योल बढ्यो, त्यसले यसलाई धेरैले अन्योलमा राख्नुहुन्न, संसद्मा छलफल गराउनुपर्छ’, महतले भने ।
एमसीसी पारित गर्नुपर्ने बैठकको निष्कर्ष रहेको महतले सुनाए । उनले भने ‘एमसीसीको बारेमा पनि छलफल भएको छ ।
अन्योल समाप्त गरेर संसदीय प्रक्रिया अगाडि बढाउनुपर्छ । संसद्मा एमसीसी लानुपर्छ भन्ने निष्कर्ष रहेको छ ।’
बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने, भ्रातृसंस्था र शुभेच्छुक संस्थाको म्याद सकिएको र रिक्त रहेकोमा के गर्ने
भन्नेमा छलफल भएको प्रवक्ता महतले बताए । उनका अनुसार बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी सकिएको छ ।























