काठमाडौं –
राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेपछि राप्रपामा तर’ङ्ग सिर्जना भएको छ । हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डालाई सशक्त बनाउने
लक्ष्य लिएको पार्टीबाट महत्त्वपूर्ण हस्ती थापा बाहिरिएपछि तर’ङ्ग सिर्जना भएको हो । गत मङ्सिर दोस्रो साता पार्टी अध्यक्षमा पराजित भएपछि थापाले
आफूलाई निर्मल निवासले चुनाव हरा’एको दा’बी गर्दै आएका छन् भने सो प्रकरणमा पार्टीले छानबिन गर्नुपर्ने माग गर्दै आएका थिए । तर, अध्यक्ष राजेन्द्र लिङ्देनले यो विषयमा छान’बिन हुन नसक्ने बताएपछि उनले पार्टी नै परित्या’ग गरेका हुन् ।
मंगलबार हेटौडामा पत्रकार सम्मेलन गरी थापाले आफू राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । थापाको घोषणापछि अध्यक्ष लिङ्देनले यो निर्णयलाई दुर्भा’ग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।
थापाले उठाएको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइरहेकै बेला थापा बाहिरिनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।
थापाले पार्टी परित्याग गरेसँगै अध्यक्ष लिङ्देनले पार्टीभित्र हुनसक्ने सम्भावित क्षति रोक्न आन्तरिक छलफल तीव्र बताएका छन् ।
थापाले छिट्टै राप्रपाकै आफू निकटस्थ नेताहरूलाई समेटेर नयाँ पार्टी बनाउनेसम्मको तयारी गरेको भनिएको बेला लिङ्देनले आन्तरिक तयारी थालेका हुन् ।
थापाले सोमबार राजधानीमा आफू निकटका नेताहरूको भेला बेलाएर माग सम्बोधन गर्न लिङ्देनलाई अल्टि’मेटम दिएका थिए । निर्वाचनको मिति घोषणाअघि आफ्नो माग सम्बोधन गर्न थापाले लिङ्देनलाई दबा’ब दिएका थिए ।
सो अल्टिमेटम समयमा माग सम्बोधन हुन नसकेपछि उनले गृह जिल्ला हेटौडामा पुगेर पत्रकार सम्मेलनमार्फत पार्टी परित्या’गको घोषणा गरेका हुन् ।
थापाले भने, ‘‘अत्यन्त भारी मन तथा पी’डाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गल’त
प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बा’ध्य भएको हुँ ।’
थापा पार्टी परित्या’गको घोषणापछि काठमाडौँ प्रस्थान गरिसकेको उनी निकट नेता राजाराम बर्तौलाले बताए ।
काठमाडौँ फर्किएर आफू निकटका नेताहरूसँग छलफलपश्चात् नयाँ पार्टी बनाउने वा के गर्ने भन्नेबारे निर्णयमा पुगिने उनको भनाइ छ ।
यथा थापाको टीमबाट चुनाव ल’डी निर्वाचित भएका उपाध्यक्ष बुद्धिमान तामाङ र महामन्त्री भुवन पाठकले भने थापाको निर्णयअघि आफूहरूसँग कुनै छलफल नभएको दाबी गरेका छन् ।
मागबारे पार्टीभित्र छलफल भइरहँदा थापाबाट आएको निर्णय अप्रत्याशित भएको उनीहरूको भनाइ छ । महामन्त्री पाठकले त थापाले लिने जुनसुकै निर्णयमा आफ्नो समर्थन नरहेको स्पष्ट गरिसकेका छन् ।
यस्तै राप्रपाका महामन्त्री भुवन पाठकले पूर्वअध्यक्ष कमल थापाको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइसकेको बेला एकएक पार्टी छा’ड्नु ग’ल्ती भएको टिप्पणी गरेका छन् ।
उनले थापाले पार्टी छा’ड्ने घोषणा गर्नुले आफू आश्चर्यचकित भएको बताए । पार्टीको मङ्सिर दोस्रो साता सम्पन्न महाधिवेशनमा कमल थापा टिमबाट प्रतिस्पर्धामा उत्रिएका पाठकले थापाले राजीनामा गर्नुअघि आफूसँग कुनै सरसल्लाह समेत नरहेको जिकिर गरे ।
‘हामी त मिलाउन लागिपरेका थियौँ । आजै पनि अध्यक्षसँग ३ बजे छलफल राखिएको थियो’, उनले भने, ‘एकाएक राजीनामा दिएर राम्रो भएन ।’
उनले कमल थापाले अर्को पार्टी गठन गरे आफ्नो समर्थन नरहेको पनि स्पष्ट गरे । ‘यही राप्रपामा ३१ वर्ष बिताएँ । उहाँले अर्को पार्टी बनाउनु भयो भने मेरो समर्थन रहँदैन’, पाठकले भने ।























