कांग्रेससँग गठबन्धन टु’टे समाजवादीले चुनावमा यस्तो कडा कदम चाल्ने, झलनाथको घोषणा

काठमाडौं –

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेससँग गठबन्धन टु’टेमा नेकपा (एमाले)सँग चुनावी तालमेल हुनसक्ने बताउनुभएको छ ।

गठबन्धन आफूहरूका लागि मात्रै नभई कांग्रेसका लागि पनि अपरिहार्य भएको जिकीर गर्दै वरिष्ठ नेता खनालले केहि गरी कांग्रेससँगको सम्बन्ध टु’टेमा अरु विकल्पमा जाने बताउनुभएको हो ।

ईमेज च्यानलको कार्यक्रम हट सीटसँग कुरा गर्दै नेता खनालले अहिलेकै अवस्थामा एमसीसी पारित नहुने र यसैका कारण गठबन्धन नटुट्ने दावी गर्नुभयो ।

एमसीसीलाई आउँदो चुनावपछि मात्रै संसदमै लैजाने विषयमा गठबन्धन दलबीच सहमति बनेको उहाँको भनाइ थियो ।

पूर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले एमसीसीसम्बन्धी आठ वटा डकुमेन्ट लुकाएको आरोप लगाउँदै उहाँले ती डकुमेन्ट ग’म्भी’र भएकाले आफूहरू झन् संवेदनशील बनेको पनि बताउनुभयो ।

एमसीसी पारित नभए पनि गठबन्धन कायम रहने दावी गर्नुभएका नेता खनालले देउवा र ओलीबीच मिलन हुनै नसक्ने दावी गर्नुभयो ।

एमसीसी अमेरिकाको एशिया प्रशान्त रणनीतिकै अंग भएको दावी गर्दै उहाँले यसलाई चिनियाँ परियोजना बीआरआईसँग तुलना गर्न नमिल्ने पनि बताउनुभयो ।

खनालसँगको पूरा अन्तर्वार्ता बिहीबार राति ८ बजे ईमेज च्यानल र ईमेजखबर डटकमको फेसबुक पेजमार्फत् प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...