बाहिरियो नयाँ दल दर्ता गर्न लागेका बामदेवको भित्री तयारी, माधवको एसमा छायो उत्साह !

काठमाडौँ – 

माधबकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीसँग पार्टी एकता गर्नकै लागि एमालेका पूर्वउपाध्यक्ष बामदेव गौतमले नयाँ दल दर्ताको तयारी गरेका छन् ।

राष्ट्रियसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले नयाँ दल दर्ताको सम्पूर्ण तयारी पुरा गरिसकेको उनी निकट श्रोतले जनाएको छ।

पार्टीको नाम भने अहिले सार्वजनिक भइसकेको छैन। एमालेको उपाध्यक्षबाट राजीनामा दिएका गौतम तत्कालिन नेकपा हुँदा पार्टी एकताको पक्षमा उभिएका थिए ।

गौतम नेकपा राष्ट्रिय एकता अभियानका संयोजक समेत हुन । गौतम अहिले राष्ट्रिय सभा सदस्य छन्। २०७४ सालको संसदीय चुनावमा बर्दिया–१ मा

पराजित भएका गौतमलाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मा राष्ट्रिय सभा सदस्य मनोनित गर्न सिफारिस गरेको थियो।

सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनित गरेकी थिइन्। गौतम ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका हुन्।

एमाले र माओवादी केन्द्र एकता गरी बनाइएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा हुँदा उनी सचिवालय सदस्य रहेका थिए। नेकपा विभाजनपछि उनी एमाले उपाध्यक्ष थिए।

एमाले विभाजन गरी माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरेयता एमालेबाट राजीनामा दिएर बसेका गौतम हाल दलवि हीन छन्।

माधबकुमार नेपालले उनका सर्त पुरा नगरेपछि उनी नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० मा पनि गएका थिएनन्। गौतम मंसिरमा भएको

एमालेको १० औं महाधिवेशन प्रक्रियामा पनि सहभागी भएनन्।२०५४ मा एमालेबाट विभाजित भएर गौतमले आफ्नो नेतृत्वमा नेकपा (माले) गठन गरेका थिए। मालेले चार वर्षपछि २०५८ मा एमालेसँग एकता गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...