काठमाडौं –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा पटक–पटक प्रतिनिधिसभा वि’घ’ट’न गरे । प्रतिनिधिसभा वि’घ’ट’न लगत्तै बनेको सत्तारुढ गठबन्धन कहिलेसम्म रहला ? भन्ने प्रश्न आम चासो रहेको छ ।
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्र सत्तारुढ गठबन्धनलाई चुनावसम्म नै निरन्तरता दिनेबारे म’त’भेद् सुरु भइसकेको छ । तर, नेकपा माओवादी केन्द्र,
एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी लगायत दलका नेताहरुले भने चुनाव पछिसम्म नै गठबन्धन कायमै राख्ने र चुनावी तालमेल गरेर अघि बढ्ने बताइरहेका छन् ।
सत्तारुढ दलहरुबीच राष्ट्रियसभा चुनावमा तालमेल हुनेबारे चर्चा सुरु भएसँगै यसले निरन्तरता पाउनेमा आ’शं’का सुरु भइसकेको छ ।
बुधबार शेखर समूहको बैठकमा कांग्रेस महामन्त्री गगन थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताए ।
तर, बुधबार नै एक कार्यक्रममा सहभागी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताए ।
उनीहरुमध्ये एकले चुनावी तालमेल नगर्ने र अर्कोले चुनावी तालमेल गरेर नै अघि बढ्ने बताइरहँदा सत्ता गठबन्धन नै संकटमा पर्न थालेको छ ।
‘तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी गठबन्धन हुदैन’ कांग्रेस महामन्त्री थापाले भने ।
यस्तै महामन्त्री थापाले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रो नदेखिएको बताए । सभापतिले सबैलाई समेटेर लैजाने र विधिको पालना गर्ने कुरो बोलेको भन्दै उनले तर त्यो पालना नभएको बताए ।
यस्तै नेकपा एमाले शङ्करापुर–२ मा आज आयोजित कार्यक्रममा माधव नेपालले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताए ।
अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि मिलेर जान सहमत रहेको उल्लेख गर्दै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको बताए ।
दुई सत्तारुढ दलको जिम्मेवार नेताहरु माधव नेपाल र गगन थापाको पछिल्लो अभिव्यक्तिले सत्तारुढ गठबन्ध संकटमा पर्दै गएको देखिन्छ । तर, उनीहरुबीचको तालमेल कहिलेसम्म रहला भन्ने आम चासोको चिरफार त्यतिबेला नै हुनेछ, जुनबेला चुनाव हुनेछ ।























