काठमाडौँ –
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
नेकपा (एमाले) पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
रायमाझी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए । रायमाझीसँगै एमाले जिल्ला कमिटी सदस्य धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी,
महेश बराल एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि, विधानअनुसार
सञ्चालन नगरी कम्युनिष्ट आचारणविपरीत सञ्चालन गरेकाले एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टी रोजेको रायमाझीले बताए ।
विगतदेखि नै पार्टीमा चरम वि’कृ’ति र विसङ्गति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले बताए । एकीकृत समाजवादीले दिने जिम्मेवारी इमान्दारी पूर्वक निभाउने उनले बताए ।
पाल्पामा एमालेको दुई कार्यकाल अध्यक्ष रहेका रायमाझी तत्कालीन नेकपामा वि’वा’द हुंदा माधव नेपाल–प्रचण्ड पक्षमा थिए । तर एमाले विभाजनपछि भने उनी एमालेमै रहेका थिए ।
विगतदेखि नै पार्टीमा चरम विकृति र बिसं’गति बढेको र त्यसलाई सच्याउन प्रयास गरेपनि असफल भएको रायमाझीले उल्लेख गरे । रायमाझीले एकीकृत समाजवादीले दिने
जिम्मेवारी इमान्दारिपूर्वक निभाउने बताएका छन् । उनी एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य थिए । उनीसंगै एमाले जिल्ला कमिटी सदस्यहरु धनबहादुर रायमाझी,
देवीप्रसाद पौडेल, महेश बराल एकीकृत समाजवादीमा प्रवेश गरेका एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले बताए ।
बराल गत स्थानीय चुनावमा रैनादेवी छहरा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार भएर झिनो मतले पराजित भएका थिए । पौडेल साविकको छहरा गाविस अध्यक्ष हुन् ।























