प्रचण्ड मुखिया र हामी प्रजा होइनौँ प्रचण्ड नभए पनि माओवादी चल्छ : लेखनाथ न्यौपाने

काठमाडौं –

काठमाडौमा जारी नेकपा माओवादी केन्द्रको ८ औ महाधिवेशनमा अध्यक्ष प्रचण्डले ल्याएको प्रतिवेदनमा समेत फरक मत राखेर मत राखेर १० बुँदै सुझाव प्रतिवेदन राखेको माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेल प्रचण्डको विकल्प पनि माओवादीमा भएको बताएका छन् ।

कोहि पनि व्यक्ति निर्विकल्प नभएको भन्दै नेता न्यौपानेले प्रचण्ड पनि माओवादी केन्द्रका निर्विकल्प नभएको बताएका छन् ।

प्रचण्ड नभए पनि माओवादी आन्दोलन र परिवर्तनको अभियान अघि बढ्ने न्यौपानेले बताएका छन् । व्यक्तिको विशिष्ट क्षमतालाई मान्न सकिए पनि निर्विल्प मान्न नहुने उनले भनेका छन् ।

कसैलाई निर्विकल्प भन्न् नै विज्ञानविरोध कुरा भएको भन्दै नेता न्यौपानेले प्रचण्डले भनेको कुरा सबै सहि हुन् र सबैलाई मान्नु पर्छ भन्ने नरहेको बताएका छन् ।

प्रचण्डले बोल्ने वित्तिकै त्यो वचन अकाट्य र ब्रम्हशस्त्र नहुने उनले बताएका छन् । एउटा व्यक्तिलाई केन्द्रमा राखेर गरिने क्रियाकलाप आफैँमा सामन्ती संस्कार भएको न्यौपानेले बताएका छन् ।

एक टेलिभिजन अन्तर्वाताका क्रममा न्यौपानेले सामन्ती संस्कारमा मात्रै मुखिया र प्रजाको व्यवस्था हुने र त्यहाँ राम्रो भए पनि नराम्रो भए पनि मुखियाले भने पनि प्रजाले मान्नै पर्ने हुन्थ्यो यो त कम्युनिष्ट पार्टी हो

यहाँ कसैको मुखिया गिरी चल्दैन । उनले भनेका छन् । कम्युनिष्ट पार्टी व्यक्तिलाई केन्द्रमा राखेर होइन सामुहिकतामा चल्नु पर्नेपनि उनले बताएका छन् ।

अहिले माओवादी केन्द्र सामुहिकता चल्न छोडेर एउटै साहसिक बहादुर खोज्न थालेर विग्रिएको पनि नेता न्यौपानले भनेका छन् । सामुहिकताका आधारमा निर्णय गरेर हामी होइन म हुँ

भन्ने जुन अवस्थामा देखिएको छ । यसैले विगारेको भन्दै उनले एकल बहादुर खोज्नु पुजिँवादी सामन्ती संस्कार भएको बताएका छन् ।

अहिले माओवादी केन्द्र पनि नराम्रोसँग पुँजिवादी सामन्ती संस्कारमा भासिएको उनले बताएका छन् । आफु र परिवारको वैभवका लागी मात्रै माओवादी नेताहरु लाग्न थालेका भन्दै

न्यौपानेले यो ठुलो चुनैतिको विषय भएको भनेका छन् । सांसद, मन्त्रि पद पाए मात्रै ठिक नपाए सबै बेठिक भन्ने संस्कार माओवादीमा नराम्रोसँग मौलाएको उनले बताएका छन् ।

माओवादी केन्द्र समेत सम्मेलित प्रदेश सरकारमा भाग बाँढेरै खानका लागिी १८ वटा मन्त्रालय बनाउँदा समेत माओवादी केन्द्र कुनै प्रतिक्रिया दिन नसक्ने अवस्थामा पुगेको भन्दै न्यौपानेल यहि नै माओवादी कसरी

पुजिँवादी चक्करमा फसेको छ भन्ने उदाहरण भएको बताएका छन् । प्रदेश सरकारले १८ मन्त्रालय पुर्याउदा पनि हामी सरकार बाट बाहिरिन्छौँ भनेर निर्णय गर्न सक्ने अवस्था माओवादीको नहुनु दुखद भएको उनले मत छ ।

माओवादी केन्द्र भित्र अध्ययनशिल र वैचारिक नेताको परिचय बनाएका न्यौपानले आफ्नो दश बुँदे फरक मत सहित पार्टी अध्यक्ष प्रचण्डले ल्याएकोा प्रतिवेदनमा

पुरक प्रतिवेदन समेत पेस गरेको थिए । प्रतिवेदनमा न्यौपानेल प्रचण्डमा पनि एमाले अध्यक्ष ओली जसतै बा प्रवृति रहेको आरोप समेत उनले लखित रुपमा लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...