काठमाडौं –
नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा आज मण्डिखाटारस्थित सुजाता कोइरालाको निवास पुगेका छन् ।
सुजाताले शर्मालाई बधाई तथा शुभकामना दिएकी छिन् । प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका शर्मा महामन्त्रीमा निर्वाचित भएका थिए ।
सुजाताले शर्माको जीतमा यसअघि नै खुशी व्यक्त गरेकी थिइन् । शर्मा आफ्नै निवासमा पुगेपछि उनी झन् खुशी भएको बुझिएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेकी सुजाता उपसभापतिको उम्मेदवार थिइन् ।
उनी चुनावमा पराजित भइन् । पराजयको बाबजुद उनले पछिल्लो समय राजनीतिक शक्ति आर्जन गरेको विश्लेषणहरु भइरहेको छ । उनले निकट भविष्यमा महत्वपूर्ण जिम्मेवारी पाउने चर्चा चलिरहेको छ ।
यो पनि : भनिन्छ बदलाले होइन बदलिएर पनि कसेको शेखी झार्न सकिन्छ यसको प्रयोगात्मक प्रयोग गरेर देखाएका छन् । नेपाली काँग्रेसका महामन्त्रि विश्वप्रकाश शर्माले ।
ढुंगाने हान्नेलाई फुलले हानेर पनि साइजमा राख्ने सकिन्छ भन्ने कुराको उदाहरण शर्माले गरेका छन् । शर्मा केहि दिन अघि मात्रै नेपाली काँग्रेसको १४ औ महाधिवेशनबाट महामन्त्रि पदमा लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए ।
उनलाई रोक्न कृष्णप्रसाद सिटौलाले न्वारन देखीको बल लगाउका थिए तर आज शर्मा उनै सिटौलाले न्वारन देखिको बल लगाउका थिए तर आज शर्मा उनै सिटौलाको हातबाट आर्शिवाद थाप्न पुगेका छन् ।
नेपाली काँग्रेसको १४ औ महाधिवेशनबाट लोकप्रिय मत सहित महामन्त्रिमा निर्वाचित भएका विश्वप्रकाश शर्माले कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग भेट गरेका छन् ।
काठमाडौंको विशानगर स्थीत सिटौला निवासमै गएर नवनिर्वाचित काँग्रेस महामन्त्रि शर्माले आगामी कार्यकालमा लागि शुभकामना र आर्शिवाद लिउका छन् । शर्मा आर्शिवाद लिन घरमै आए पछि सिटौलाले हार्लिका पुर्वक स्वागत गरेका थिए ।
आफ्नो घरमै आएका महामन्त्रि शर्मालाई आर्शिवाद दिँदै सिटौलाले विगतका भएका तितामिठा कुरा भुलेर सम्बन्ध प्रगाढ बढाउन आग्रह गरेका थिए ।
स्रोतले दिउको जानकारी अनुसार सिटौलाले शर्मालाई यो माथी सम्मको जिम्मेवारीमा पुग्न र देशकै नेतृत् वगर्ने मान्छे बन्न पनि शुभकामना दिउका थिए ।
महामन्त्रि शर्माले सिटौलासँग बधाई र आर्शिवार्द लिँदै गर्दाको तस्बिर अहिले सामाजिक सांजालमा भाइरल भएको छ । तस्बिरमा शर्मा निकै झुकेर शार्दिवाद लिइरहेका छन् भने सिटौलाले रातो टिका लगाएर बधाई दिँदै गरेको देख्न सकिन्छ ।
फलेको वृक्षको हाँगको नझुकेको कहाँ छ र भन्दै शर्मा समर्थकहरले उक्त तस्बिरको निकै गुनगान गरिरहेको छन् । शर्मा र सिटैला दुवै जना झापा निवासी हुन् ।
एउटै जिल्लाका नेता भए पनि उनीहरु राम्रो सम्बन्ध नभएको बताइन्छ । यस पटक पनि शर्मालई हराउँन सिटौलाले निकै जोडबल गरेका थिए तर उनी भारी मतका साथ महामन्त्रिमा निर्वाचित भएका छन् ।
झापा जिल्लामा नेपाली काँग्रेसको सिटौला र शर्माले छ्ट्टाछुट्टै ग्ट चलाइरहेको छन् । शर्माले सिटौलासँग सौहार्दपुर्ण सम्बन्ध बनाउँन खोजे पनि सिटौलाले आरिस गरेर
विश्वप्रकाशलाई सिध्याउँन जोडबल लगाउँने गरेको जानकारहरु बताउँछन् । यस पटक पनि शर्मालाई रोक्नैका लागि सिटौलाले देउवासँग सौदाबाजी गरेर प्रदिप पौडेललाई देउवा प्यानलबाट महामन्त्रिको उम्मेदवार बनाएका थिए ।
जसले आफुलाई रोक्नको लागि न्वारन देखिको बल लगाएर षडयन्त्र गर्यौ आज उसैको हातको टिका र आर्शिवाद लिएर विश्वप्रकाश शर्मा निकै कसिलो बदला छन् ।
विश्वप्रकाशको निधारमा रातो टिका लगाउँदै गर्दा सिटौलाको आँखामा आफुले गरेको षडयन्त्रका तस्बिरहरु नाचेको नाचेनन् होला भन्ने चर्चा पनि हुन थालेको छ ।
का्रँग्रेस महामन्त्रिमा निर्वाचित भइसके पछि विश्वप्रकाश शर्माले एक पछि लोकप्रिय कामहरु गरिरहेका छन् । विजयी हुने वित्तिकै विपी कोइरालालाई राखिएको सुन्दरीजल जेलमा पुगेर उनले निकै महत्वपुर्ण अठोट गरेका छन् ।
भने दोस्रो जन आ न्दो ल न का जिउँदा शहिद मुकेश कायसथको घरैमा गएर पनि उनले भेटेको छन् । शर्माका हेरेक कामले एक पछि अर्को चर्चा बटुलिरहेका छन् ।























