‘प्रचण्डले बनाएको मलाई होइन उनका छोरी बुहारीलाई हो’ : टोपबहादुर रायमाझी

काठमाडौं –

नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डको राजनितिक भविष्यबारे ठोकुवा नै गरेर नयाँ भविश्यवाणी गरेका छन् ।

प्रचण्डको राजनितिक उचाइको ग्राफ ओरालो लागेको भन्दै रायमाझीले अब यो देशको राजनितमा प्रचण्डले चाहेका कुरा हाबी हुन नसक्ने दावी गरेका छन् ।

चरम व्यक्तिवादी सोच र मपाईत्वका कारण प्रचण्डको राजनिति समाप्तिको अन्तिम अवस्थामा पुगेको दावी उनले गरेका छन् ।

एमाले सचिव रायमाझीले काँग्रेससँग गठबन्धन नगरिकन अस्तिव नै रक्ष ा गर्न नसक्ने अवस्थामा प्रचण्ड पुगेको बताएका छन् । एक्लै चुनाव लड्दा अस्तित्वनै समाप्त हुने ठानेर प्रचण्ड काँग्रेसको पुच्छर समातेर बैतर्णी तर्ने प्रयासमा रहेको उनले बताएका छन् ।

प्रचण्डले काँग्रेससँग गठबन्धन बनाउँछौ भनेर जती नै एकतारे बजाए पनि व्यवहारिक रुपमा भने त्यो निकै कठिन रहेको जिकिर रायमाझीले गरेका छन् ।

काँग्रेसकै नेताहरुले माओवादीसँग गठबन्धन गर्न हुँदैन भनेर क्याम्पेनिङ सुरु गरिसकेको भन्दै प्रचण्डल अब झन अतालिइएको बताएका छन् ।

नेकपा एमाले शक्तिशाली र जनप्रिय पार्टी भएको भन्दै सचिव रायमाझीले कुनै पनि दल मिलेर गठबन्धन नै गरेर आए पनि एमाले सामना गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

काँग्रेस र माओवादी कुन सिद्धान्तको जगमा टेकेर गठबन्धन गर्ने ? के जनता बेवकुफ छन् ? के सोचका छन् यिनल ? यस्तालाई जनताले भोट हाल्छन् ? हाल्दैनन् । रायमाझीले ठोकुवा गरेका छन् ।

प्रचण्डको राजनितिक यात्रा नरोकिने गरि ओरालो लागेको भन्दै उनले अब फेरी पनि निर्वाचनबाट उमालले एकल बहुमतको सरकार बनाउँने दावी गरेका छन् ।

प्रचण्डले सबैलाई मैलेबनाएको हुँ भन्छन् तर उनले बनाएको आफ्नो छोरी र बुहारीलाई मात्रै हो अरुलाई होइन भन्ने जवाफ पनि रायमाझीले दिएका छन् ।

अन्तवार्ता अवधीभर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति निकै कडा रुपमा प्रस्तुत भएका रायमाझीले प्रचण्डले कुनै गाउँबाट ल्याएर भेडा

गोठालोलाई मन्त्रि बनाएको भए उनले बनाएको भन्न हुन्थ्यो तर मलाई होइन टोप बहादुर आफ्नो क्षमता र हैसियतले बनेको हो । उनले भनेका छन् ।

के ज न यु द्ध प्रचण्डले एक्लै ल डे को हो ? मोहन बैधको योगदान छैन ? विप्लवको छैन ? बाबुरामको,टोपबहादुरको भुमिका छैन ? अनि मैले सबैलाई बनाएँ भन्दै हिड्ने भन्दै हिड्ने ?

भन्दै प्रचण्डमाथी प्रश्नका बर्षा पनि उनले गरेका छन् । प्रचण्डको यहि प्रवित्तिले उनको राजनिति सकिन लागेको दाबी रायमाझीले गरेका छन् । ओटिभिनेपालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...