ज न यु द्ध हाँकेको प्रचण्ड जननायक हुन् , केपी ओली पूर्वराजा ज्ञानेन्द्रका खेताला हुन् : बिडारी

काठमाडौं –

नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद रामनारायण बिडारीले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्रका खेताला भएको आ रो प लगाएका छन् ।

पत्रकारले पूर्वराजा ज्ञानेन्द्रसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेको पाँचबुँदे सहमतिमा के छ भन्ने प्रश्न गर्दा नेता बिडारीले भने, “प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहमति गर्नुभएको छैन । नेपालमा केपी शर्मा ओली झु ट लाई सत्य साबित गर्न, जनतालाई झु क्या उ न र भ्र म पार्न माहिर हनुहुन्छ ।

उहाँले बोलेका प्रायः कुरा झु टा नै हुन्छन् । ज न यु द्ध का बेला केपी ओली राजा ज्ञानेन्द्रका खेताला हुन् । माओवादीजस्तो क्रा न्ति का री पार्टीका तर्फबाट ज न यु द्ध हाँकेको जननायक प्रचण्डले त्यस्तो गर्ने कुरै आउँदैन ।

उहाँले त बरु म खेताला, नोकरचाकरसँग, जुत्ताको तलुवासँग कुरा गर्दिनँ, तिम्रा मालिकसँगै कुरा गर्छौं, ओपन्ली भन्नुभएकै थियो । यिनीहरु त राजतन्त्र टिकाउनका लागि क्रा न्ति का री नेताको टाउको काटेर झोलामा ल्याऊ लाखौं लाख दिन्छौं भन्थे ।”

तपाईंहरु व्यक्ति ह त्या, राजनीतिक दलको गतिविधि नि षे ध मा लाग्नुभएको थियो । ज्ञानेन्द्रको अभिनन्दनमा केही गर्नुहुन्नथ्यो, हिसिला यमीको किताबमा बाँदरमुढे घटनापछि प्रचण्ड गणतन्त्रवादी भएको भनेर लेखिएको छ नि भन्ने पत्रकारको प्रश्नमा बिडारीले भने,

“तत्कालीन माओवादी राजा ज्ञानेन्द्रसँग नलडे पनि ज्ञानेन्द्रको शाही सेनासँग ल डि रहेको थियो । जनवादी, समाजवादी प्रणालीमा जे माग हुन्छ, माओवादीको माग त्यही हो । प्रचण्डको आ लो च ना गर्ने भए बरु कम्युनिस्टका निम्ति यु द्ध गर्नुभएको थियो, पुँजीवादी व्यवस्थामा सम्झौता गर्नुभयो भनेर गर्न सकिएला ।

दुइटा शक्तिले एकअर्कालाई जित्न नसकेको अवस्थामा सम्झौता भएको हो । खाइ पल्केका एमालेका केपी ओलीजस्ता कपुतहरुलाई संविधानसभा मार्फत संविधान, गणतन्त्र, समावेशी सिद्धान्तमा सहमत गराउनु प्रचण्डको सफलता हो ।

ज न यु द्ध नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति हुने कुरा कल्पना थिएन । ओलीहरु त राजाको ताबेदारी भएर राजतन्त्र चाहिन्छ भन्ने मान्छे हुन् । कमल थापा नै गणतन्त्रवादी भइसकेपछि ओली हुनु कुन ठूलो कुरा हो र ?”

सुधारिएको लोकतन्त्र मार्फत साम्यवाद र समाजवादतिर जान पक्षमा माओवादी रहेको पनि उनले बताए । माओवादीको राष्ट्रिय सम्मेलनमा युवाहरुको प्रतिनिधित्व कति हुन्छ भन्ने प्रश्नमा

उनले थपे, “माओवादीको राष्ट्रिय सम्मेलनमा सबै पदमा जान प्रतिस्पर्धा भएको छ । २० प्रतिशतभन्दा बढी युवा र ३५ प्रतिशत कम नहुने गरी महिला प्रतिनिधित्व हुन्छ । केन्द्रीय जनवादी नीतिअनुसार वडादेखि केन्द्रसम्म प्रतिस्पर्धा छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...