एमालेको नेतृत्व भ ष्मा सु रको हातमा परे, त्यसको काम भ्र म फैलाउने मात्र : नेता खनाल

काठमाडौं –

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमालेले भ्र म फैलाइरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता खनालले आम जनताको आवाज उठाउनुका साथै नीति निर्माण गर्ने थलो संसद् भएकाले त्यसलाई अ व रो ध गर्न नहुने बताएका छन् ।

पार्टी निकट बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले केही अराजक समूहले देश र जनताप्रति गैर–जिम्मेवार भएर निरन्तर जनप्रतिनिधिमूलक थलोमा बाधा पु¥याइरहेको बताए ।

पूर्वप्रधानमन्त्री खनालले पछिल्लो निर्वाचनमा जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरी करिब दुई तिहाइ बहुमत दिएको भएपनि तत्कालीन एमालेको नेतृत्व भ ष्मा सु रको हातमा परेर

ऐतिहासिक अवसर गुमेको विचार व्यक्त गर्दै दुई तिहाइ बहुमत हुँदा त्यसलाई सम्हाल्न नसकेको एमालेले पुनः बहुमत ल्याउने भ्र म फैलाइरहेको बताए ।

बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि मजदुर, किसान, देशभक्त र समाजवादी चिन्तन बोकेका वर्गलाई एकताबद्ध गरी अगाडि बढेको उल्लेख गर्दै उनले बहुसङ्ख्यक जनतालाई न्यायोचित रूपमा वितरणका अवसर उपलब्ध गराउने व्यवस्था नै समाजवाद भएको बताए ।

काठमाडौं कमिटी इन्चार्ज वसन्त मानन्धरले पार्टीका नीति तथा कार्यक्रमलाई प्रसार सामग्रीका माध्यमबाट प्रत्येक जनताको घरमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै भने ।

ऊर्जा तथा सिँचाइ समेत मन्त्री रहनुभएका मानन्धरले सञ्चारमैत्री कार्यक्रम बनाएर राजनीतिक अभियान सञ्चालन गरी प्रचार क्षेत्रलाई प्रभावकारीकारी परिचालन गरिने बताए ।

यही मङ्सिर २९ देखि आजसम्म सञ्चालित प्रशिक्षण कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र पाण्डे, पार्टीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाललगायतले प्रशिक्षण दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...