रामचन्द्रले पठाए केपी ओलीलाई यस्तो संदेश, ओलि समेत चकित !

काठमाडौं –

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि सं गि न आ राे प लगाएका छन् ।एमालेले संसद अ व राे ध गरिरहेकाे सन्दर्भलाई उल्लेख गर्दै पाैडेलले त्यसलाई ‘देशलाई अस्थिरतातर्फ धकेल्ने दूस्प्रयास’काे रुपमा अर्थ्याएका छन् ।

‘६ महिनाको समयमा दुई-दुई पटक संसद् वि घ ट न गरेर व्यवस्थालाई नै सं क ट मा पुर्‍याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अ व रो ध गरेर वि घ ट न सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ ध’के’ल्ने दु’स्प्र’यास गर्दैछन्,’ पाैडेलले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सरकारले पनि संसद सूचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास गर्नुपर्ने उनकाे भनाइ छ। सरकार सदन बीचैमा अन्त्य गरी अघि बढेमा ओलीको नियतिका सामू समर्पण गरेको ठहरिने उनले उल्लेख गरेका छन् ।

‘संसद चलाउछु र संसदबाटै सबै निकास खोज्छु’ भनेर आएको सरकारले पनि संसद सूचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामू समर्पण गरेको ठहरिनेछ,’ उनले भनेका छन्, ‘राष्ट्रलाई अनिश्चिततातर्फ ध’के’ल्ने यी आ’पत्ति’ज’नक क्रियाकलापतर्फ सचेत रहन आमनागरिकको ध्यानाकर्षण गर्दछु ।’

यो पनि : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिमा पुनः शेरबहादुर देउवालाई पुनःस्थापित गराउने प्रपञ्चमा आफूलाई किनारा लगाइएको आ रो प लगाएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले भने, “शेरबहादुरजीको विजय शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधिलगायतका साथीहरुले ‘म पनि सभापति, म पनि सभापति’ भन्ने भ्र म सिर्जना गर्नुको परिणाम हो ।

शेरबहादुरजीलाई पार्टी सभापतिमा पुनःस्थापित गराउने डिजाइनअ न्तर्गत हाम्रो समूहभित्रै फाटो र अलग अलग धार सिर्जना गरियो । परिवर्तन र अग्रगमनको पक्षमा उठेको आवाज सुन्न हाम्रै साथीहरु तयार हुनुभएन ।”

“शेखरको १८ सय मत पौडेल समूहको हो”
तपाईं शेखरका पक्षमा नखुल्दा परिणाम देउवातिर गएको भनिन्छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले थपे, “विरासतका नेता प्रकाशमान, शेखर र शशांकहरुको चेपुवाबाट मलाई उछिट्टाउन खोजियो ।

त्यो ग ल त कुरा देखिसकेपछि म फेरि खुलेर, नांगिएर आउनुपर्ने ? उपहासको पात्र बन्नुपर्ने ? सबैलाई के हेक्का रहोस् भने देशभरिका महाधिवेशन प्रतिनिधि कि देउवा समूह भनेर आएका थिए, कि पौडेल समूह ।

यो कुरा इतिहासले पनि व्याख्या गर्ला । मैले सबैलाई सहयोग गरेको छु, कसैलाई असहयोग गरेको छैन । विचलित नभईकन भोट हाल्न मैले दिएको सन्देशको परिणाम हो, १८ सय मत । शेखर कोइराला र पार्टीमा सुधार गर्ने पक्षलाई मैले निरन्तर प्रोत्साहन र आशीर्वाद दिएको हुँ । म परिवर्तन ल्याउने पक्षमा छु र रहिरहेनछु ।”

“राजनीतिबाट अलग भएको छैन”
देउवाको कार्यशैली गलत छ भनेर चर्को विरोधमा उत्रने नेताहरु नै संस्थापनको सहयोगी बनेको उनको टिप्पणी छ । उनले भने, “मलाई समूहकै साथीहरुले रोक्ने काम गरे । शेरबहादुरजीको कार्यशैली ग ल त छ भनेर चर्को स्वरमा वि रो ध गर्नेहरु प्रकारान्तरले सहयोगी बनेको देखें ।

कांग्रेसको भनेको विचार हो, आदर्श हो र लोकतन्त्रको आन्दोलन हो । कुनै बेला सुवर्ण शमशेरसँग सिंगो पार्टी थियो कोलकातामा । तर बीपीसँग गणेमानमात्र हुनुहुन्थ्यो सारनाथमा । विचार त बीपीले नै दिनुभयो ।”

आफू विकृत प्रतिस्पर्धाबाट अलग भए पनि पार्टी राजनीतिबाट अलग नभएको उनको स्पष्टोक्ति छ । उनले भने, “जीवन नै वियोगान्त हो । ट्रेजेडीमय छ । विभिन्न कारणवश किसुनजी र गणेशमानजीले पार्टीबाट आफूलाई अलग राख्नुपर्यो ।

मैले आफूलाई वि कृ त प्रतिस्पर्धाबाट अलग राखेको हुँ, पार्टीबाट अलग राखेको होइन । म राजनीतिबाट अलग भएको छैन । मेरो ल डा इँ जारी रहन्छ । म मैदान छाडेर बाहिर भागेको छैन । म पार्टीको गुटबन्दीबाट अलग हुन चाहन्छु ।”

“शेरबहादुरजीको भाग्य ठूलो रहेछ”
वरिष्ठ नेता पौडेलले शेरबहादुर देउवाको नेतृत्व र कार्यशैलीले कांग्रेसलाई अघि बढाउने ऊर्जा नपुग्ने पनि बताए । उनले थपे, “मेरो बाल्यकालदेखिका मित्र शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भएकामा हार्दिक बधाई दिन चाहन्छु ।

उहाँको भाग्य ठूलो रहेछ । प्राविधिक रुपमा शेरबहादुरजी सभापति बन्नुभएको छ । कांग्रेसको नेतृत्व गर्न त्यसले मात्र पुग्दैन । नेतृत्व र कार्यशैलीमा सुधार आवश्यक छ । कांग्रेसभित्र सैद्धान्तिक स्पष्टता, वैचारिक मन्थन र अन्तर्दृष्टि आवश्यक छ ।”

“राष्ट्रपतिको हल्ला किन चलाइएको छ ?”
तपाईंलाई पार्टी सभापति र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको ‘अफर’ गर्नुभएको साँचो हो भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले भने, “यो राष्ट्रपतिको हल्ला किन चलाइएको छ ? यसको पुष्ट्याइँ गर्ने आधार के हो ? मैले कसैसँग कुनै पदको अपेक्षा राखेको छैन ।

म कर्मयोगी हुँ, कर्ममा विश्वास गर्छु । केवल सुशोभित र सुविधा भोग्ने पदमा मैले आकांक्षा देखाएकै छैन । यसलाई ग ल त तरिकाबाट प्रचार गरिएको छ ।

म देश र जनतालाई काम गरेर गुन लगाउन चाहन्छु । विपन्नलाई आय, निमुखालाई न्याय दिने सोच मेरो हो । मेरा लागि पद महत्त्वपूर्ण होइन । म व्यवस्थाका लागि ल डे को हुँ, सत्ताका लागि होइन ।”

“कांग्रेस विचारशून्य हुनुहुन्न”
विचार, नीति र कार्यदिशा विना महाधिवेशन सम्पन्न भएकोमा पनि उनले खेद व्यक्त गरे । उनले भने, “नेपाली कांग्रेस विचारशून्य छैन, वैचारिक चिन्तनको दरिद्रता छैन भनेर मैले प्रदेश अधिवेशन हुँदा नै ‘नेपाली कांग्रेस रुपान्तरणको १५ बाटो’ भनेर अवधारणा सार्वजनिक गरिसकेको छु ।

सोचविहीन भएर लेनदेन र हेराफेरिको भरमा कति दिन शासन सञ्चालन सकिन्छ ? छलछाम र ठगठाग गर्ने नेतृत्वबाट के आशा गर्ने ?”
मुलकको अस्तव्यस्ततामा कांग्रेस नेतृत्व पनि जिम्मेवार रहेको उनको भनाइ छ ।

उनले थपे, “कांग्रेसमा अझै पनि सुधार आवश्यक छ । पार्टी ठीक बाटोमा पुगेको छैन । मुलुकको अस्तव्यस्ततामा कांग्रेसको नेतृत्व पनि जिम्मेवार छ । अदालत अस्तव्यस्त छ । संसद् चलेको छैन, सरकारले गति लिएको छैन । अब कांग्रेसलाई यो देशको नेतृत्व गर्ने पार्टीका रुपमा अघि बढाउनुपर्छ । अब पार्टी ध्रुवीकरणभन्दा पनि सुधारतिर जानुपर्छ ।”

“शेरबहादुरजी उत्तरार्धमा हुनुहुन्छ”
राष्ट्रलाई वैचारिक, सैद्धान्तिक र नैतिक दिशा दिने पार्टी चाहिएको पौडेलले औंल्याए । उनले भने, “शेरबहादुरजी जीवनको उत्तरार्धमा हुनुहुन्छ । हाम्रो पार्टीमा नेताहरुको कमी छैन । रामशरण महतदेखि अर्जुननरसिंह केसी, बलबहादुर केसीदेखि महेश आचार्य र मीनेन्द्र रिजालसम्म खली खाएका नेता छन् । कांग्रेसभन्दा अरु पार्टी जिम्मेवार देखिएनन् ।”

उनले थपे, “एमालेले किन संसद् अ व रो ध गर्दैछ ? केपी ओली आफूले प्रतिनिधिसभा दुई-दुई चोटि भं ग गरेको उचित सावित गर्न चाहिरहेका छन् । ओली संसदीय प्रणाली र व्यवस्था ध्व स्त पार्न चाहन्छन् । लोकतान्त्रिक समाजवाद बोकेको सविधानलाई उल्टाउने यन्त्र बन्न खोजिरहेका छन् । त्यसैले  नेपाली कांग्रेस आदर्श र मूल्यबाट विमुक्त हुनुहुन्न भन्ने मेरो भनाइ हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...