अध्यक्षमा निर्वाचित भएको केहि दिन नवित्दै लिङदेनले चाले यस्तो कदम, सबै चकित

काठमाडौं –

एकता महाधिवेशनबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको पहिलो बैठकले विचार मिल्नेहरुसँग एकता र सहकार्य गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनियुक्त अध्यक्ष राजेन्द्र लिङदेनले सबै राजसंस्था पक्षधर, धार्मिक समुदाय र देशभक्तहरुलाई एकीकृत गर्न प्रक्रिया अघि बढाएका छन् । 

आफू निर्वाचित भएसँगै बुधबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको पहिलो बैठकमा उनले समान विचार राख्ने व्यक्ति, समूह, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि वार्ता समिति गठन गर्न गरेको प्रस्तावलाई सो पार्टीले पास गरेको छ । 

बैठकले समान विचारधारा भएका व्यक्ति ,समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता एवं संवादका लागि महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा समितिसमेत गठन गरेको छ ।

उक्त समितिमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेको वार्ता समिति गठन गरेको हो । राप्रपाले आगामी स्थानीय तह निर्वाचन परिचालनका लागि समिति गठन गरेको छ ।

महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र डा. गीताभक्त जोशी सदस्यसचिव रहेको स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको गरिएको राप्रपाले जनाएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति बनाइएको गठन गरिएको राप्रपाले जनाएको छ ।

बैठकले आगामी स्थानीय तहको निर्वाचन परिचालनका लागि महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र प्राडा गीताभक्त जोशी सदस्य सचिव रहेको समिति पनि गठन गरेको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्न उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा केन्द्रीय सदस्य डा. राजेश गिरी र केन्द्रीय सदस्य भरत पाठक सदस्य रहेको मर्यादाक्रम निर्धारण समिति पनि गठन गरिएको छ ।

यस्तै पार्टीका नवनिर्वाचित सबै पदाधिकारी एवं सदस्यहरूले पार्टीमा अनिवार्य बुझाउनु पर्ने रकम ‍लेवीको निर्धारण गर्न महामन्त्री कुन्तीकुमारी शाही संयोजक रहेको समिति गठन गरेको छ ।

राप्रपाले पार्टीका सबै भातृ संगठनहरूलाई तीन महिना भित्रमा अनिवार्य महाधिवेशन गर्ने कार्ययोजना र कार्यतालिका १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।

यो पनि : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बलियो राजनीतिक भूगोल बनाएका नेता हुन् । कम्युनिस्टहरुको गढ मानिएको झापामा उनको बलियो पकड छ ।

जसका कारण लिङ्देनले २०७४ सालको आमनिर्वाचनमा नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।

काँग्रेसका प्रभावशाली नेता सिटौला उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका नेता हुन् । उनले काँग्रेसको सभापतिका लागि भएको १३औं महाधिवेशनमा उम्मेदवारी दिएका थिए । यस्ता हस्ती नेतालाई पराजित गरेर लिङ्देन चर्चामा आए ।

राप्रपा २०७४ सालको चुनावमा झापा क्षेत्र नं ३ बाहेक देशभरबाट पराजित भएको थियो । लिङ्देनका कारण राप्रपाको अस्तित्व अहिलेको प्रतिनिधिसभामा रह्यो । उनले पार्टीको मुद्दालाई संसदमा उठाइरहे ।

लिङ्देनका लागि मन्त्री बन्ने मौका पनि आएको थियो । उनले राप्रपा छाड्ने देखि फुटाउने सम्मको चर्चा पनि नचलेको होइन । तर, लिङ्देन अविचलित रही एजेन्डाको राजनीतिमा चट्टाने अडानका साथ रहे ।

गत वर्ष हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा सडकमा जुलुसहरु निस्कदा झापामा सबैभन्दा बढी मानिस उत्रिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्लामा राजसंस्थाको पक्षमा हजारौंको जुलुस निस्किएपछि तरंग आएको थियो । यो लिङ्देनको पक्षमा शक्ति प्रदर्शन थियो । जसले उनलाई अझ प्रभावशाली बनायो ।

प्रतिनिधिसभामा कृष्ण सिटौला जस्ता हस्तीलाई हराएका लिङ्देनले राप्रपाको अध्यक्षको चुनावमा आफ्नै दलका हस्ती नेता कमल थापालाई पराजित गरे ।

थापा पञ्चायतकाल देखि राजनीतिमा सक्रिय रही पटक पटक मन्त्री भइसकेका नेता हुन् । उपप्रधानमन्त्री भइसकेका थापाले गृह, परराष्ट्र, सञ्चार, स्थानीय विकास जस्ता महत्वपूर्ण मन्त्रालय चलाइसकेका छन् ।

यस्ता हस्ती नेतालाई पराजित गरेर लिङ्देनले राजनीतिक छलाङ मारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...