प्रचण्ड एक वर्षपछि र नेपाल पाँच महिनापछि ओलीसँग एउटै यो मञ्चमा देखिदै

काठमाडौं –

कांग्रेस सभापति शेरबहादुर देउवाले २४ मंसिरमा १४औं महाधिवेशनको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन गर्दै छन् ।

यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूलाई पनि आमुन्ने सामुन्ने बसाउने भएको छ ।

कांग्रेसले महाधिवेशनको ब्यानरमा ‘सबै अट्ने देश र सबैलाई जोड्ने कांग्रेस’ नारा राखेको छ । नेकपा भं’ग भएपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी सहित

तीन समूहमा विभक्त कम्युनिस्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलोपटक एउटै मञ्चमा भेला हुन लागेका हुन् ।

वि’भाजनपछि माओवादी र एकीकृत समाजवादी करिब पाँच महिनादेखि कांग्रेससँग सत्ता सहकार्यमा छन् भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ ।

उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी हुने निश्चित भएको छ ।

ओली–प्रचण्डबीच भेट नभएको एक वर्ष भयो भने पाँच महिनायता ओली–नेपाल पनि भेट छैन । नेकपा भं’ग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपालको दूरी बढेको छ ।

उनीहरूबीच संवाद टुटेको लामै समय मात्रै भएको छैन, देशव्यापी तिक्तता बढिरहेको छ । तीनै दल आपसमा कार्यकर्ता तान्ने होडबाजीमा छन् ।

नेताहरूले विभिन्न मञ्चबाट आपसी घो’चे’पे’च र जुहारी जारी राखेका छन् । यस्तो पृष्ठभूमिमा एउटै मञ्चमा आमुन्ने–सामुन्ने हुन लागेका नेताले कस्तो सम्बोधन गर्लान् ?

नयाँ पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...