काठमाडौं –
राप्रपा अध्यक्ष कमल थापाले विगतमा पार्टी सरकारमा जाँदा ग ल्ती भएको स्वीकारेका छन् । ‘विगतमा पटकपटक राप्रपा सरकारमा सहभागी हुँदा पार्टीको एजेण्डा ओ’झे’लमा पर्यो भन्ने पार्टीका आम कार्यकर्ताहरूको गुनासो छ ।
हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी सरकारमा जुनसुकै सरकारमा सहभागी भएको पार्टीका सहयोगी र शुभ चिन्तकहरुलाई चित्त बुझेको छैन’,
महाधिवेशनमा थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा भनिएको छ, ‘यो वास्तविकतालाई हृदयङ्गम गर्दै आगामी दिनमा सत्ता केन्द्रित होइन सिद्धान्त र जनता केन्द्रीत राजनीति राप्रपाको प्राथमिकता हुनेछ ।’
उनले सरकारमा सहभागिताका सम्बन्धमा भविष्यमा निर्णय गर्दा राप्रपाले आफ्नो सिद्धान्त र मान्यतालाई सुदृढ तुल्याउने शर्तलाई मुख्य आधार बनाउने पनि बताएका छन् । थापाले सत्तासँग एजेण्डा साटेको भन्दै आलोचना हुँदै आएको थियो ।
यो पनि : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन सहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तन सहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका हुन् ।
उनले माओवादी कमजोर हुँदा संविधान च्या’त्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताए ।
अध्यक्ष दाहालले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिष्ट भए पनि काम सामन्तीको भएको बताए ।
उनले नेपालमा परिवर्तनको रक्षाको लागि मात्रै नभइ, राष्ट्र, राष्ट्रिय एकता, उ’त्पी’डि’त वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गरे ।
अध्यक्ष दाहालले भने, ‘परिवर्तनको रक्षा गर्न र परिवर्तनलाई अझ पूर्णता दिनको लागि पनि, जनताको हक अधिकारलाई एउटा पूर्णतामा पुर्याउने, समाजवादको यात्रा सुरु गर्नको निम्ति पनि माओवादी केन्द्र बलियो बनाउनुको विकल्प छैन ।’
उनले माओवादी केन्द्रलाई जनताले आफ्नो लागि काम गर्ने पार्टीका रुपमा हेरेको र पार्टीप्रति जनताको आत्मविश्वास बढ्दै गएको बताए ।
अध्यक्ष दाहालले अहिले राष्ट्रका एजेण्डा भनेको माओवादीकै एजेण्डा भएको बताउँदै केही समय काठमाडौं केन्द्रीत भएर नेताहरुको काम गर्दा घा’इ’ते, अ’पां’ग र शहीदहरु प्रतिका एजेण्डा बिर्सिएर ग’ल्ती गरेको भन्दै अब गल्ती नदोहिरिने प्रतिबद्धता गरे ।























