काठमाडौं –
सरकारी निकायमा सबैभन्दा बढी भ्र ष्टा चा रमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ ।
अ ख्ति या र दु रु प यो ग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा बढी भ्र ष्टा चा र शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीबाट भएको पाइएको हो ।
अ ख्ति या रले आफ्नो प्रतिवेदनमा भ्र ष्टा चा रका रूप रंग र प्रवृत्तिको चिरफार गर्दै अहिले पनि विभिन्न सरकारी कार्यालयमा सेवाप्रवाहका क्रममा घु सको लेनदेन हुने क्रम व्यापक रहेको आंैल्याएको छ ।
सरकारी आम्दानी खर्च, सार्वजनिक सम्पति, सार्वजनिक खरिद, निर्माण र सार्वजनिक सेवा प्रवाहका विविध क्षेत्रमा अनेक रूप, रंग र शैलीमा भ्र ष्टा चा र ज न्य कार्य भइरहेको ठहर अ ख्ति या रको छ ।
अ ख्ति या रको सो प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न भ्र ष्टा चा र आरोपमा मु द्दा दायर गरिएका ४ सय ४३ प्रतिवादीमध्ये उपसचिव र शाखा अधिकृत मात्रै १ सय ६५ जना छन् ।
जसमा उपसचिव १ सय ८ र शाखा अधिकृत ५६ जना छन् । यो विश्लेषणले भ्र ष्टा चा रमा संलग्न हुनेमा सरकारका विभिन्न निकायमा कार्यरत उपसचिव अग्रपंक्तिमा देखिएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
यस्तै चितवनमा सेवाग्राहीबाट घू स लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन प क्रा उ परेका छन् ।
अ ख्ति या र दु रु प यो ग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका-२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घू स लिँदै गर्दा प क्रा उ गरेको हो ।
मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घू स लिएका हुन् ।
करीब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए ।
जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घू स मागेका थिए । अशंबन्डा गर्दा पनि घू स मागेको भन्दै सेवाग्राहीले अ ख्ति या रमा उ जु री गरेका थिए ।
प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले रु १५ लाखको चेक र रु ५० हजार नगद बरामद गरेको छ ।
उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घू स लिँदै गर्दा प क्रा उ गरिएको हो । प्रमुख पौडेलले रु १५ लाखको चेक घू स नभइ आफूले लिनुपर्ने ठाँउबाट पाएको बताएका छन् ।
यस्तै अमिन कठायतका साथबाट रु तीन लाख ५० हजारको चेक र नगद रु एक लाख ५० हजार बरामद गरिएको अ ख्ति या र दु रु प यो ग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए ।
उनलाई भरतपुर–४ धर्मचोक लङ्कुमा रहेको एक रेष्टुरेन्टबाट प क्रा उ गरिएको हो । दुवै जनाले एउटै सेवाग्राहीबाट रकम लिएका हुन् ।
घू स रकम सहित दुवै कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । अन्य कर्मचारी पनि सहभागी हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको भण्डारीले बताए ।
























