भीम रावलको यस्तो कदमका कारण ओलीकै खास मान्छेहरुले समेत गर्न थाले मुक्तकण्ठले प्रशंसा !

काठमाडौं –

नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावलले उच्च राजनीतिक संस्कार देखाएका छन् । रावलको कदमको ओली पक्षका नेताकार्यकर्ता समेत खुलेर प्रशंसा गरेका छन् । रावल ओलीसँगै मञ्चमा देखिएका हुुन् ।

एमालेमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि फराकिलो मत अन्तरमा विजयी भए पनि ओलीलाई बधाई दिन निर्वाचन परिणाम घोषणा कार्यक्रममा सँगै देखिएका हुन् ।

‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो । सबै थाहा पाएरै पाइला चालेको हुँ,’ रावलले मत परिणाम सार्वजनिक भएपछि संक्षिप्त कुरा गर्दै भने,‘बाँकी कुरा अहिले घोषणा सभामा अध्यक्षलाई बधाई दिएर आएपछि भन्छु ।’

मतपरिणम घोषणा सहित नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सपथ ग्रहण कार्यक्रम अहिले आयोजना भइरहेको छ । कार्यक्रममा अध्यक्ष ओली सहितका साविक पदाधिकारीहरू मञ्चमा छन् ।

अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन् ।

एमालेमा सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचन भएको हो। मंगलबार दिउँसो सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदा रावलले २२३ मत पाएका छन्।

यो पनि : चितवनमा जारी नेकपा एमालेको दर्शौ राष्ट्रिय महाधिवेशनमा टिममा पर्नेहरु त यसै मख्ख पर्ने नै भए नपर्नेहरुका भावुक किस्सका कम्तीका छैनन् ।

ओलीलाई अध्यक्ष बनाउँन र सर्वसम्मत नेतृत्व चयनका लागि दिलोज्यानले लाग्ने लालबाबु पण्डित देखि विशाल भट्टराई सम्मका लागि यो महाधिवेशविर्सन लायक बनेको छ ।

लालबाबुले केन्द्रिय सदस्य नै अस्विकार गरेर काठमाडौं फर्किएका छन् । भने भट्टराई अर्झ पनि खै सम्मान हो कि अ’प’मा’न के हो भनेर रन भुल्मै छन् ।

एमालेको दशौँ महाधिवेशन नजिकिँदै थियो त्यसै बेला उपाध्यक्ष भिम रावलले ओलीलाई चु’नौ’ति दिँदै अधयक्षमा उम्मेदावारी घोषणा गरेका थिए भने पण्डित ओलीको प्र’तिर’क्षामा उत्रिएका थिए । एमालेमा ओलीको विकल्पमा अध्यक्ष बन्ने लयाकत कसैको पनि छैन भनेर पण्डित हुँकार छोड्दै थिए ।

ओटिभी नेपाल डटकमले त्यस बखत एमाले महाधिवेशन विशेषमा नेता पण्डित सँग कुराकानी गरेको थियो जसमा उनले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्नेमा जनमानत जफत हुने ठोकुवागरेका थिए ।

पण्डितको उक्त अभिव्यक्ति लाखाँैले हेरको थियो । अहिले उनै पण्डित चितवनबाट चित्त दु’खाएर फर्कनु पर्ने अवस्था आएको छ ।

पण्डितले पदाधीकारीमा आकाक्षा राखेका थिए ओलिले केन्द्रिय सदस्यमा मात्रै नाम प्रस्ताव गरेपछि कुनै पनि कार्यकारी कमिटिको जिम्मेवारी नलिने घोषणा गरेर उनी काठमाडौं फर्किएका छन् ।

उनले आफ्नो दावेदारी उपाध्यक्षमा देखाएका थिए यद्यपी सहमति हुँदा पदाधिकारीमा जुनसुकै पदमा रहन तयार थिए तर ओलीले दिएनन् ।लालबाबु चित्त दु’खा’एर चितवनबट फर्किए पछि उनकी श्रीमति विमला महतले पनि निकै चित्त दु’खा’एकी छिन् ।

लामो समय माधव नेपाल निकट भएर काम गरेका पण्डितले माधव नेपालले एमाले विभाजन गर्नु भन्दा पहिल्यै देखी उनको साथ छोडेर ओलीलाई चट्टानी साथ दिँदै आएका थिए ।

इमान्दार मान्छेलाई पार्टीमा ठाउँ दिँदा रहेछन् “लालबाबु पत्नि विमलाले भनिन्, अब उहाँ साधारण सदस्य भएर देश र जनताको काम गर्नुहुन्छ”

विमलाका अनुसार पार्टीको नवौँ महाधिवेशनमा उपाध्यक्ष ल’डे पनि पण्डितले १० औँ महाधिवेशनमा चुनाव भए उपाध्यक्षमा ल’ड्ने सहमतिमा भए सचिवमा बस्ने तयारी गरेका थिए ।

तर सदस्यमा बस भनेपछि पण्डितले महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिई काठमाडौं आएको उनले बताइन् । “उहाँ अरुले जस्तो प्रतिवाद गर्नुहुन्न, काठमाडौंमा घर र कार छैन” उनले भनिन्, बस र टयाम्पो चढेर उभिने मान्छे देख्नु नपरोस भन्ने ओलिलाई लागेको होला, होस लागोस ।”

विमलालाई आफुहरुसँग धन दौलत प्रसस्त भएको काठमाडौंमा घर गाडी भएको भए एमालेको पदाधीकारीमा श्रीमान पर्ने थिए भन्ने लागेको रहेछ ।

पण्डित अहिले पनि कोटेश्वरमा अर्कैको घरमा डेरा बस्छन् पाए कसैको लिफ्टमा यात्रा गर्छन् नभए उही टयाम्पो जिन्दावाद छँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...