लालबाबु पण्डित एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा, के हो वास्ताविकता ?

काठमाडौं –

नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औं महाधिवेशन प्रति असन्तुष्टि जनाएका छन् । उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा उमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणा समेत गरेका छन् ।


एमालेको सबै कार्यकारी पदबाट विदा लिने औपचारिक घोषणा सहित उनी महाधिवेशन स्थल चितवनबाट काठमाडौं फर्किसकेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकबाट नै एमालेको १० औं महाधिवेशनमा आफु कुनै पनि पदमा नबस्ने र अहिलेसम्मका जिम्मेवारीबाट विदा लिने घोषणा गरेका छन् । यति मात्रै होइन उनले सामाजिक संजालबाटै सबैलाई बधाई समेत दिएका छन् ।


एमाले महाधिवेशनमा असन्तुष्ट बनेका पण्डितले यसअघि पार्टीका उपाध्यक्ष पदमा उम्मेदारी दिने तयारी गरेका थिए । तर अन्तिम समयमा आएर अध्यक्ष ओलिले सदस्यमा मात्रै सिमित बनाएपछि उनि असन्तुष्ट हुन नसकेका हुन् ।


लालबाबु पण्डितकी श्रीमति विमला महतले पनि अब आफ्नो श्रीमान एमालेको कुनै पनि पदमा नबस्ने बताइन् । उनले भनिन“काठमाडौंमा घर र कार नुहनेलाई किन हेर्नु भनेर होला अध्यक्षले सदस्यमा नाम राख्नुभयो, उहाँले अस्वीकार गरेर आउनुभयो ।”


“उहाँ अरुले जस्तो प्रतिवाद गर्नुहुन्न,काठमाडौंमा घर र कार छैन,” उनले भनिन्, बस र ट्याम्पो चढेर ठिङ्ग उभिने मान्छे देख्न नपरोस भन्ने ओलीलाई लागेको होला, होस लागोस । ”


पदाधिकारीको आकांक्षी रहेका उनलाई अध्यक्ष ओलीले सहमतिका लागि भन्दै प्रस्ताव गरेको सुचिमा केन्द्रिय सदस्यमा राखेपछि असन्तुष्टि जनाएका थिए ।


मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्य तथा पार्टीका पोलिटव्युरो सदस्य समेत रहेका उनले यस्तो निर्णय गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।


नवौं महाधिवेशनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला उनी माधव कुमार नेपाल समुहबाट निर्वाचित भए पनि नेकपाको विवादका बेला उनले माधव नेपाललाई छाडेर ओलीलाई साथ दिएका थिए ।


एमालेमा कार्यकारी पदमा नरहने घोषणा गरेका उनी माधव कुमार नेपाल नेतृत्वको नेकपा –एकिकृत समाजवादी) पार्टी प्रवेशको तयारीमा रहेको स्रोतले जनाएको खबर पाथीभारा न्युजले प्रकाशन गरेको छ ।


लामो समय माधव नेपाल समुहमा रहेर काम गरेका उनले एमालेमै बस्दा एमाले अध्यक्ष ओलीबाट धोका पाउँगै पुन पुरानै क्याम्पमा फर्कने मनस्थिति बनाएको स्रोतले जनाएको छ ।

यो पनि : चितवनमा जारी नेकपा एमालेको दर्शौ राष्ट्रिय महाधिवेशनमा टिममा पर्नेहरु त यसै मख्ख पर्ने नै भए नपर्नेहरुका भावुक किस्सका कम्तीका छैनन् ।


ओलीलाई अध्यक्ष बनाउँन र सर्वसम्मत नेतृत्व चयनका लागि दिलोज्यानले लाग्ने लालबाबु पण्डित देखि विशाल भट्टराई सम्मका लागि यो महाधिवेशविर्सन लायक बनेको छ ।

लालबाबुले केन्द्रिय सदस्य नै अस्विकार गरेर काठमाडौं फर्किएका छन् । भने भट्टराई अर्झ पनि खै सम्मान हो कि अ’प’मा’न के हो भनेर रन भुल्मै छन् ।


एमालेको दशौँ महाधिवेशन नजिकिँदै थियो त्यसै बेला उपाध्यक्ष भिम रावलले ओलीलाई चु’नौ’ति दिँदै अधयक्षमा उम्मेदावारी घोषणा गरेका थिए भने पण्डित ओलीको प्र’तिर’क्षामा उत्रिएका थिए । एमालेमा ओलीको विकल्पमा अध्यक्ष बन्ने लयाकत कसैको पनि छैन भनेर पण्डित हुँकार छोड्दै थिए ।


ओटिभी नेपाल डटकमले त्यस बखत एमाले महाधिवेशन विशेषमा नेता पण्डित सँग कुराकानी गरेको थियो जसमा उनले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्नेमा जनमानत जफत हुने ठोकुवागरेका थिए ।

पण्डितको उक्त अभिव्यक्ति लाखाँैले हेरको थियो । अहिले उनै पण्डित चितवनबाट चित्त दु’खाएर फर्कनु पर्ने अवस्था आएको छ ।

पण्डितले पदाधीकारीमा आकाक्षा राखेका थिए ओलिले केन्द्रिय सदस्यमा मात्रै नाम प्रस्ताव गरेपछि कुनै पनि कार्यकारी कमिटिको जिम्मेवारी नलिने घोषणा गरेर उनी काठमाडौं फर्किएका छन् ।

उनले आफ्नो दावेदारी उपाध्यक्षमा देखाएका थिए यद्यपी सहमति हुँदा पदाधिकारीमा जुनसुकै पदमा रहन तयार थिए तर ओलीले दिएनन् ।लालबाबु चित्त दु’खा’एर चितवनबट फर्किए पछि उनकी श्रीमति विमला महतले पनि निकै चित्त दु’खा’एकी छिन् ।

लामो समय माधव नेपाल निकट भएर काम गरेका पण्डितले माधव नेपालले एमाले विभाजन गर्नु भन्दा पहिल्यै देखी उनको साथ छोडेर ओलीलाई चट्टानी साथ दिँदै आएका थिए ।


इमान्दार मान्छेलाई पार्टीमा ठाउँ दिँदा रहेछन् “लालबाबु पत्नि विमलाले भनिन्, अब उहाँ साधारण सदस्य भएर देश र जनताको काम गर्नुहुन्छ” विमलाका अनुसार पार्टीको नवौँ महाधिवेशनमा उपाध्यक्ष ल’डे पनि पण्डितले १० औँ महाधिवेशनमा चुनाव भए उपाध्यक्षमा ल’ड्ने सहमतिमा भए सचिवमा बस्ने तयारी गरेका थिए ।


तर सदस्यमा बस भनेपछि पण्डितले महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिई काठमाडौं आएको उनले बताइन् । “उहाँ अरुले जस्तो प्रतिवाद गर्नुहुन्न, काठमाडौंमा घर र कार छैन” उनले भनिन्, बस र टयाम्पो चढेर उभिने मान्छे देख्नु नपरोस भन्ने ओलिलाई लागेको होला, होस लागोस ।”


विमलालाई आफुहरुसँग धन दौलत प्रसस्त भएको काठमाडौंमा घर गाडी भएको भए एमालेको पदाधीकारीमा श्रीमान पर्ने थिए भन्ने लागेको रहेछ । पण्डित अहिले पनि कोटेश्वरमा अर्कैको घरमा डेरा बस्छन् पाए कसैको लिफ्टमा यात्रा गर्छन् नभए उही टयाम्पो जिन्दावाद छँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...