अध्यक्षमा विजय भए पछि ओलिको यस्तो पहिलो भाषणले नै देशभरका एमाले जुरुक्कै उचाले

काठमाडौं –

दोस्रो कार्यकालका लागी नेकपा एमालेको अध्यक्षमा भारी मतका साथ विजयी भएका केपी शर्मा ओलीले एकै पटक देशभरका एमालेलाई जुरुक्क उचाल्ने अभिव्यक्ति दिएका छन् ।


अध्यक्ष पदका अर्का उम्मेदार भिम रावललाई भारी मतान्तरले हराएर सानदार विजयी हासिल गरेका ओलीले अध्यक्ष पदको सपथ गरे लगत्तै दिएको मन्तव्यमा पार्टीका दशौँ राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भएको उदघोष गर्दै आगामी निर्वाचनमा एमालेले बहुमत हासिँल गर्ने घोषणा गरेका छन् ।


आगामी निर्वाचनमा बहुमत ल्याएर फेरी सरकारमा फर्कने अठोट लिएर महाधिवेशन समाप्त भएको घोषणा गरेका ओलीले तिन महिना एकीकरण अभियान चलाउने घोषणा गरेका छन् । महाधिवेशनबाट अध्यक्षमा विजय भएपछि बन्दसत्रलाई सौराहामा सम्बोधन गर्दै ओलिले यस्तो बताएका हुन् ।


“तीन महिना एकीकरण अभियान चलाउँछौ,कार्यकर्ता,जनतामा जाने अभियान चलाउँछौ । कहिले जाने केन्द्रिय कमिटिले तोक्नेछ ”, उनले भने । उनले द’म्भी र अ’हं’का’री नेता हुन नसक्ने भन्दै विनम्रताका साथ हरेक व्यक्ति सहिष्णुताका साथ जाने बताए ।


ओलीले पार्टीको नवनिर्वाचि पदाधिकरी र केन्द्रिय सदस्यहरुलाई अध्ययनशील हुन,दम्भ तथा अहंकार नदेखाउन निर्देशन दिएका छन् । पार्टीको दशौं महाधिवेशन अन्तर्गन मंगलबार बन्दसत्रलाई समापन गर्ने क्रममा सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् ।


पुराना नेताले असर तौर तरिकाका साथ नयाँलाई सिकाउने र नयाँले पनि उत्सुकताका साथ पुराना नेताबाट सिक्न जरुरी रहेको उनले बताए । उनले नवनिर्वाचित सबैलाई चनाखो ढंगले अध्ययन गर्न,परिस्थिति र विषयलाई विश्लेषण गर्न क्षमताको विकास गर्न सुझाव पनि दिए ।


“हामीलाई हेरेर कस्तो तरिका, कस्तो शैली,कस्तो बोलीबचन अपनाउने भने अरु पार्टीका मानिसले अनुशरण गर्ने खालको हुनुपर्छ,” उनले भने, “हाम्रो आनीबानी नेता झैं हुनुपर्छ । कुनै पनि नेता घ’म’ण्डि,अ’हं’का’री हुँदैन । अ’हं’का’री मान्छे नेता हुदैन,नेता भएपछि अ’हं’का’री हुँदैन ।”


आफुहरु जनताको सेवक हौं भन्ने मनन् गरेर विनम्रताका साथ जनता देशको सेवामा समर्पित हुन पनि उनले निर्देशन दिए । उनले महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रिय कमिटिका नवनिर्वाचित सबै सदस्यलाई हार्दिक बधाई तथा शुभकामना समेत दिए ।

यो पनि : नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन् ।

अनौपचारिक मतपरिणाम सार्वजनिक भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भुसालले आफूले मतपरिणामो स्वागत गर्ने बताए । ‘म अहिले धेरै बोल्दिनँ, मत परिणामको स्वागत गर्छु,’ भुसालले भने ।

मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवार भन्दा कम मत पाएका छन् ।उपाध्यक्षमा सबभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डे छन् । 

शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन् । विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन्।  भुसालले भने ७२५ मत पाएका छन् ।

यस्तै एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट हालेनन् । एमालेको १०औं महाधिवेशनमा ३३ जना महाधिवेशन प्रतिनिधिले दुवैलाई अध्यक्षमा अस्वीकार गर्दै ‘नो भोट’ गरेका हुन् ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भए । यस्तै, भीम रावलले २२३ मत ल्याए ।

यस्तै नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा बस्ने घोषणा गरेका थिए ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका थिए ।

मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिए लगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहोर्‍याउँदै त्यसमा शपथ लिन नसक्ने पनि स्पष्ट पारे ।

अध्यक्षका उम्मेदवार रावलले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन । र अध्यक्ष पदमा विजय भए शपथ लिन्छु । अरुमा त मैले भरेकै छैन भन्ने कुरा मेरो यथावत छ । अब प्रतिनिधिहरुले मत दिएनन् भने त कमिटीबाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरा लागि । त्यो त केही छैन ।’

रावलले पार्टीको आठौं महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले शपथ नलिएको पनि स्मरण गराए ।

उनले महाधिवेशनको मतपरिणाम २ घण्टाभित्रै आउने आफूले अपेक्षा गरेको पनि बताए । रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...