भीम रावलले भर्खरै गरे यस्तो ड रलाग्दो निर्णय, एमालेमा खै ला बै ला, अब के गर्छन ओली ?

चितवन – 

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित भएका भीम रावल र उपाध्यक्षमा पराजित भएका घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन्। 

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतपरिणाम घोषणा गर्दै उनीहरु केन्द्रीय सदस्यमा विजयी भएको घोषणा गरे । 

आयोगका अध्यक्ष सुब्बाले रावलले आफूलाई केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहेको बताएको जानकारी गराएका छन् । उनले यसअघि नै अध्यक्षमा पराजित भए कुनै पनि कमिटीमा बनस्ने बताएका थिए । 

पुरानै प्रचलन अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको केन्द्रीय सदस्यमा पनि स्वतः उम्मेदवार हुने भएकाले त्यसो गरिएको अध्यक्ष सुब्बाले बताए। 

एमालेको १० औं महाधिवेशन आउँदो चुनावमा धेरै जनादेश सहित राज्यको नेतृत्वदायी पार्टीको रुपमा स्थापीत हुने उद्घोष गरेको छ । मंगलबार सम्पन्न १० औं महाधिवेशनले प्रस्ताव पारित गर्दै यस्तो उद्घोष गरेको हो ।

महाधिवेशनले अहिले राज्यका तीनवटै अंगले नागरिक विश्वास गुमाउँदै गएको ठहर गरेको छ । तीनवटा अंगबीच विश्वास गुम्दै गएको उल्लेख गरेको हो ।

महाधिवेशनले महाधिवेशनले एमालेले अघि सारेका योजना रोक्ने, राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने काम गर्न सरकारका ध्यानाकर्षण गराएको छ ।

महाधिवेशनले शान्ति प्रक्रियाका बाँकी काम पुरा गरेर पी’डि’तलाई न्याय र स’जा’य दिने दायित्वबाट सरकार आलटाल गरिरहेको उल्लेख गर्दै अबिलम्ब पुरिपुरण गर्न माग गरेको छ ।

नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय सदस्यमा ९०४ मत प्राप्त गरेका । उनले विजेता केन्द्रीय सदस्यहरुले प्राप्त गरेको मतभन्दा निकै कम मत प्राप्त गरेका छन् ।

एमाले निर्वाचन कमिटीका संयोजक विजय सुब्बाले रावल निर्वाचित भएको जानकारी दिएका थिए । तर, उनको निकै कम मतका बाबजुद निर्वाचित भएको सुनाउँदा त्रुटी देखिएको छ । जबकि ९०५ मत ल्याउने टंक कार्की पराजित भएको उनले पछि बताए ।

सुरुमा टंक कार्की विजयी भनेका उनले उक्त स्थानमा सूर्य ढुंगेल निर्वाचित भएको सुनाए । रावलले अध्यक्षमा २२३ मत प्राप्त गरेका थिए । अध्यक्षमा विजयी केपी शर्मा ओलीले १८४० मत प्राप्त गरेका थिए ।

रावल केन्द्रीय सदस्यमा विजयी भएका थिए। तर, रावलले सपथ भने खाएनन् । उनले पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरिसकेका छन् ।

तर नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका घनश्याम भुसालले केन्द्रीय सदस्य पदको शपथ लिएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराउँदा भुसालले पनि शपथ लिएका छन् ।

यो पनि : नेकपा एमालेका नेता भीम रावलले महाधिवेशनले विधान र जनताको बहुदलीय जनवाद (जबज)को दिशालाई सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

दशौं महाधिवेशनको बन्द सत्रपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता रावलले महाधिवेशन व्यवस्थित नभएको र दिउँसो हुनुपर्ने सम्पूर्ण कामहरु राति भएको भन्दै असन्तुष्टि प्रकट गर्नुभयो ।

नेता रावलले आफू केन्द्रीय कमिटी सदस्य नरहेको उल्लेख गर्दै सपथ नलिनुको कारण खुलाउनुभयो । साथै उहाँले पार्टीमा अबको भूमिकाको विषयमा पछि सोच्ने बताउनुभयो ।

पार्टीमा भूमिकाको विषयमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘भर्खर त महाधिवेशन सकियो, सोचौंला नि भोलिदेखि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...