चुनावमा पराजित भएपछि घनश्याम भुसालले दिए यस्तो प्र ति क्रि या, सबै दं ग

चितवन –

नेकपा एमालेको दसौं महाधिवेशनबाट घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि भन्दै पेस गरेको सूचीमा असहमति जनाउँदै उम्मेदवारी दिएका भुसालले ओलीको सूचीमा रहेका अरू छ जनाभन्दा कम मत पाएपछि पराजय भोगेका हुन् ।

अनौपचारिक मतपरिणाम सार्वजनिक भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै भुसालले आफूले मतपरिणामो स्वागत गर्ने बताए । ‘म अहिले धेरै बोल्दिनँ, मत परिणामको स्वागत गर्छु,’ भुसालले भने ।

मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवार भन्दा कम मत पाएका छन् ।उपाध्यक्षमा सबभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डे छन् । 

शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन् । विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन्।  भुसालले भने ७२५ मत पाएका छन् ।

यस्तै एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल दुवैलाई ३३ जना प्रतिनिधिले भोट हालेनन् । एमालेको १०औं महाधिवेशनमा ३३ जना महाधिवेशन प्रतिनिधिले दुवैलाई अध्यक्षमा अस्वीकार गर्दै ‘नो भोट’ गरेका हुन् ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भए । यस्तै, भीम रावलले २२३ मत ल्याए ।

यस्तै नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा बस्ने घोषणा गरेका थिए ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका थिए ।

मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिए लगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहोर्‍याउँदै त्यसमा शपथ लिन नसक्ने पनि स्पष्ट पारे ।

अध्यक्षका उम्मेदवार रावलले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन । र अध्यक्ष पदमा विजय भए शपथ लिन्छु । अरुमा त मैले भरेकै छैन भन्ने कुरा मेरो यथावत छ । अब प्रतिनिधिहरुले मत दिएनन् भने त कमिटीबाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरा लागि । त्यो त केही छैन ।’

रावलले पार्टीको आठौं महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले शपथ नलिएको पनि स्मरण गराए ।

उनले महाधिवेशनको मतपरिणाम २ घण्टाभित्रै आउने आफूले अपेक्षा गरेको पनि बताए । रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

यो पनि : एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार भीम रावलमाथि ग म्भी र ष ड य न्त्र भएको खबर छ ।

ओलीलाई टक्कर दिइरहेका रावल प्यानल सूची वितरण भएकोमा आ प त्ति जनाएका छन् ।

उनले प्यानल सूची वितरणको विरोध गर्दा केपी ओली पक्षबाट आफू पक्षीय कार्यकर्तामाथि जाइलाग्ने कार्य भएको समेत बताएका छन् ।

‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको वि रो ध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछ’,

उनले ट्वीटरमा भनेका छन्,ु उक्त कामले पार्टीमा ध ब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ। यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’ केपी ओली निकटले कसलाई भोट हाल्ने कसलाई नहाल्ने भनेर सूची वितरण गरेपछि वि वा द भएको हो ।

यस्तै नेकपा एमालेको जारी महाधिवेशनमा सचिवका उम्मेदवार योगेश भट्टराईले ‘भोट नहाल्नू’ भनेर वितरण गरिएको पर्चा आफूहरुले नदेखेको बताएका छन्।

मंगलबार सौराहामा पत्रकारहरुसँग कुरा गर्दै उनले पर्चाबारे अनभिज्ञता व्यक्त गरेका हुन् । ‘त्यस्तो त हामीले केही देखेका छैनौं,’ उनको भनाइ थियो, ‘त्यस्तो आएछ भने हेरौंला । हामीले नदेखेको कुरामा के गर्नु ?’

मंगलबार बिहान सुरु भएको मतदानमा अध्यक्षका उम्मेदवार केपी ओली पक्षधर नेता तथा कार्यकर्ताले अध्यक्षदेखि सदस्यसम्मको सूचीमा विभिन्न नामहरुमा मत नहाल्नू भन्दै नामावली सहितको पर्चा वितरण गरेका थिए।

अध्यक्षका उम्मेदवार भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिवका उम्मेदवारद्वय टंक कार्की र भीम आचार्य लगायतका विभिन्न समूहबाट सदस्यका उम्मेदवार भएकाहरुको सूची वितरण गरिएको थियो।

ओलीले वाचन गरेको पदाधिकारी-सदस्य सूचीमा सन्तुष्ट नभई निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका नामहरुलाई पराजित गर्न अभियान चलाइएको आकलन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...