दुर्गा प्रसाईंलाई केपी ओलीले यसरी लोप्पा खुवाईदिएपछि, प्रसाई त ना वमा

काठमाडौं –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेपछि एमालेभित्र योगदान गरेका केहि नेताहरू छुटेका छन् ।

सौराहामा बन्दसत्रमा ओलीले अबेर राति ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका थिए ।

प्रस्तुत नामावलीमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट,

भीमप्रसाद आचार्य, योगेश भट्टराई, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, किरण गुरुङ, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, कर्ण थापा, काशीनाथ अधिकारी,

गुरु बराल, देवराज घिमिरे, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, अग्नि खरेल, गोकुल बास्कोटा, महेश बस्नेत, देवी ज्ञवाली, राजन भट्टराई, खिमलाल भट्टराई, ठाकुर गैरे, सूर्य थापालगायत छन्।

त्यसैगरी गणेश ठगुन्ना, झपट रावल, राजीव पहारी, नरबहादुर धामी र सञ्जीव झा पनि परेका छन्।

ओलीलाई हजुरबुवा भनेर सम्बोधन गर्ने मेडिकल व्यापारी दुर्गा प्रसाई भने अध्यक्ष ओलीको ३०१ जनाको सूचीमा अटाएनन्। प्रसाईले आफू केन्द्रीय सदस्यको दाबेदार रहेको र हजुरबाको आशिर्वाद चाहियो भन्दै ओलीलाई भेटेरै अनुरोध गरेका थिए।

त्यतिमात्र होइन उनले आफू ओलीको अत्यन्त निकट भएको भन्दै केहि प्रतिनिधिलाई देखाईदिने बताएका थिए । तिनै प्रसाईंलाई हजुरवुवा ओलीले लोप्पा खुवाएका छन् ।

आफूले सबैपक्ष विचार गरेर, प्रस्तुत गरेर नाम लिस्ट तयार पारेको भन्दै नामावलीमा छुटेका पुराना साथीलाई सल्लाहकारमा समेटिने अध्यक्ष ओलीले प्रतिबद्धता जनाएका थिए।

बन्दसत्रमा ओलीले अन्तिममा आफ्नो नाम पढे। नाम पढ्नु अघि जिस्कँदै भने ३०१ जनामा म पनि पर्छु नि ? अनि ३०१ जानाको नाम पढेपछि तोकिएको समयमा मनोनयन गर्न सबैलाई आग्रह गरे। ‘३०१ जनामा नपर्नेले नि ईच्छुक हुनेहरुले मनोनयन गर्न सक्छन्,’ उनले भने ।

नेकपा एमालेको दशौं महाधिवेशन को क्रममा चितवन पुगेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं औँधी खुसी देखिएका थिए । माओवादी छाडेर एमालेमा आएसँगै भएको महाधिवेशनमा आफ्नो पकड कति रहेछ भन्ने उनले खुलासा गरेका छन् ।

महाधिवेशन स्थल चितवनमा रहेका उनले सञ्चारकर्मीसँगको कुराकानीमा एमालेमा आफ्नो पकड कति रहेछ भनेर भनेका छन् ।

त्यसो त प्रसाईंले एमालेको महाधिवेशन उद्घाटन सत्रमा जनलहर आउनुमा अध्यक्ष केपी शर्मा ओलीको मात्र नभई आफ्नो पनि विशेष योगदान रहेको बताए ।

‘मैले एमाले प्रवेश गरेपछि ओलीको क्रेज झन् बढेको छ । हिजो देखिहाल्नुभो नि,’ उनले भने । पार्टी विभाजन नभएको भए यसको क्रेज अझैँ बढ्ने पनि उनले बताए ।

शुक्रबार महाधिवेशन उद्घाटन समारोहमा एमालेले पाँच लाख मानिस उतारेको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...