केपी ओलिले यस्तो कदम चालेपछि भिम रावलले महाधिवेशन ब हि स्का र गर्ने तयारीमा

चितवन –

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले गुटबन्दीपूर्ण तरिकाले केन्द्रीय समितिको सूची तयार पारेर घोषणा गर्ने कुरा अलोकतान्त्रिक भएको प्रतिक्रिया जनाएका छन् ।

उपाध्यक्ष रावलले केन्द्रीय सदस्यको सूची तयारीबारेमा आफूलाई जानकारी नभएको भन्दै त्यसमा सहमति हुन नसक्ने बताए ।

‘गुटबन्दीपूर्ण तरिकाले तयार भएको होला । मलाई त्यसको जानकारी छैन । सूची तयार पारेर घोषणा गर्ने कुरा अलोकतान्त्रिक, टीके प्रणाली हो । त्यो हुन सक्दैन । त्यसमा सहमति हुन्न,’ उनले भने ।

रावलले महाधिवेशन प्रतिनिधिको सार्वभौम अधिकारको सम्मानका लागि तत्काल निर्वाचन प्रक्रिया थाल्न समेत माग गरे । ‘महाधिवेशनका सम्पूर्ण प्रतिनिधिको सार्वभौम अधिकारको सम्मान हुनुपर्छ ।

निर्वाचनको प्रक्रिया आरम्भ हुनुपर्छ । बिहान १० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र साढे ५ बजेसम्म सुरु नगर्नु, कोठाभित्र बसेर गुटबन्दी गर्नु । यो लोकतन्त्रको उपाहास हो ।

पार्टी नीतिको उपाहास हो । सयौं मान्छेलाई अलपत्र राखेर केही मान्छे कोठामा बसेर महाधिवेशन अनिर्णयको बन्द बनाएको छ । यो आपत्तिजनक छ । यसले पार्टी बलियो हुँदैन ।’

पार्टी नेतृत्वले धाँ’ध’लीको अभ्यास गरेको र मनपरी गर्ने काम गरिएको भन्दै यसले कम्युनिस्ट पार्टीकै उपाहास भएको उनको टिप्पणी छ । रावलले आफूले अध्यक्षमा दिने भनेको उम्मेदवारी कायम रहेको पनि बताए ।

‘मेरो उम्मेदवारी कायम छ,’ निर्वाचन प्रक्रिया नथालेकोमा आ’क्रो’शि’त हुँदै उनले भने, ‘उम्मेदवारी दिन नपाउने कस्तो लोकतन्त्र हो ? कस्तो खालको कम्युनिस्ट पार्टी हो । अनि देश हाँक्छु भन्नु कुनै मान्छेलाई सुहाउने कुरा हो यो ? लोकतान्त्रिक प्रणाली मान्ने हो भने एमालेभित्र तुरुन्त निर्वाचन प्रक्रिया आरम्भ गर्नुपर्छ ।’

यस्तै नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विधि र पद्धति मिचेर सर्वसम्मत नेतृत्व चयन गरे आफूले महाधिवेशन बहिस्कार गर्ने चे’ता’व’नी दिएका छन् ।

आफू अध्यक्षको उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै नेता रावलले सर्वसम्मत गर्ने अडान ओलीले नछाडे महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका हुन् । बिहान सात बजे होटेल सफारी रिसोर्ट छिरेका अध्यक्ष ओली सर्वसम्मतको अडान राख्दै अहिलेसम्म नेताहरूसँग छलफल गरिरहेका छन् ।

उता नेता रावलले पनि सर्वसहमतिका नाममा जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका छन् । उनी दिउँसो दुई बजेबाट बन्दसत्र स्थलमै रहेका छन् ।

एमालेको नयाँ केन्द्रीय कमिटीको सूची तयार भएको छ । सौराहास्थित पार्क सफारी होटलमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङले अध्यक्ष केपी शर्मा ओलीलाई ३०१ केन्द्रीय सदस्यको सूची तयार पारेर बुझाएका हुन् ।

तयार पारिएको केन्द्रीय सदस्यको सूचीको प्रिन्ट निकालेर लगेपछि अध्यक्ष ओलीले फाइनल रुजु गर्ने छन् । त्यसपछि साँझ ७ बजे सुरु हुने भनिएको बन्दसत्रमा पेश गर्ने तयारी गरिएको छ । केन्द्रीय कमिटीमा क–कसको नाम प्रस्ताव गरिएको छ भन्ने खुल्न बाँकी छ ।

शुक्रबार चितवनको नारायणी नदी किनारमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र सौराहामा शनिबारबाट सुरु भएको थियो। तर पदाधिकारी तथा केन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास जारी रहँदा आइतबारको बन्दसत्र सुरु भएको छैन।

सहमतिको नाम प्रस्ताव गर्ने अधिकार बन्दसत्रले अध्यक्ष ओलीलाई दिएकाले सबैको द’बा’ब र आशाको केन्द्रमा अध्यक्ष ओली परेका छन् ।

उपाध्यक्ष डा.भीम रावलले सहमतिमा नभई निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने र आफूले अध्यक्षमा उम्मेदवारी दिने अडान लिएपछि सर्वसम्मतिको प्रयासमा कठिनाइ उत्पन्न भएको छ ।

अध्यक्ष ओली बसेको होटेल पार्क सफारीमा नेता कार्यकर्ताको आउने जानेक्रम चलिरहेको छ । तर, रावलले भने सम्वाद गर्न चाहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...