ओलीलाई नेम्वाङले पठायो यस्तो सन्देश, देशैभरका नेता कार्यकर्ता बने सबै चकित

काठमाडौं –

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं महाधिवेशनको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने सर्वाधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइसकेको छ ।

यसैबीच नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको दाबी नछाडेपछि ओलीले आज बिहान १० बजे प्रस्तुत गर्ने भनिएको सूची अहिलेसम्म तयार हुन नसकेको बताइएको छ ।

नेम्बाङले आज बिहान प्रदेश–१ का पूर्वमुख्यमन्त्री शेरधन राईमार्फत् अध्यक्ष ओलीलाई आफ्नो सन्देश पठाएका छन् । उनले आफ्नो सन्देशमा अध्यक्ष ओलीलाई अर्को व्यक्ति वरिष्ठ उपाध्यक्ष बनाउने भए आफू चुनाव ल’ड्ने सन्देश पठाएका बताइएको छ ।

त्यसोत नेम्वाङले अध्यक्ष ओलीबाहेक आफूभन्दा माथि कुनै नेता नभएको बताउँदै अरू कसैलाई आफूमाथि राखेर सहमति नहुने सन्देश ओलीलाई दिइसकेका छन् । ओली र नेम्वाङ एउटै होटलमा बसेपनि उनीहरूबीच प्रत्यक्ष कुरा हुन सकेको छैन ।

महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन् । तर नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश पठाएका छन् ।

त्यसोत वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलले पनि दाबी गरेका छन् । यता अध्यक्ष ओलीले भने यसअघि नै नेम्वाङलाई पार्टीले अवसर पाए उनलाई राष्ट्रपति बनाउने आश्वासन दिएका थिए ।

तर, नेम्वाङले ओलीको उक्त प्रस्ताव यसअघि नै अस्वीकार गरिसकेका छन् ।

पूर्व सभामुखसमेत रहेका नेम्वाङको सन्देश लिएर प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका शेरधन राईले अध्यक्ष ओलीलाई भेटेको एक नेताले जानकारी दिए ।

नेम्वाङको तर्क छ, ‘मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैन । यदि मलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं ।’

यस्तै एमाले १० औं महाधिवेशन उद्घाटन सत्रमा हिभागिता मात्रै होइन, कतिपय यसबारे ‘अनभिज्ञ’ रहेको पाइएको छ ।

‘देवघाट दर्शनको लोभ देखाएर दिनभर महाधिवेशनमा प्रयोग गरिएको’ गुनासो समेत आउन थालेका छन् । उनीहरुकै भनाइ आधार मान्ने हो भने निस्शुल्क यात्रा र खानाको लोभमा देवधाट दर्शनका नाममा आफूहरुलाई चितवन ल्याइएका’ हुन् ।

‘हामी सित्तैमा देवघाट घुम्न पाउने आशाले आएका हौं,’ काभ्रेपलाञ्लान्चोककी राधा दाहालले सुनाइन्, ‘त्यसैले परिवार सहित आइपुगेका छौं ।’

‘राजनीतिक रुपमा नेपाली कांग्रेससँग अस्था’ राख्ने सिन्धुलीका धुव घिमिरे ‘एमाले प्रतिनिधि’ हुने त प्रश्न उठ्दैन । तर पनि उनी एमाले महाधिवेशन उद्घाटन समारोहमा उपस्थित भए ।

परिवार सहित देवघाट दर्शन गर्न पाउने भएपछि एमालेले व्यवस्था गरेको गाडी चढेर देवघाट आइपुगेको घिमिरेले बताए ।

‘सित्तैमा देवघाट घुम्न पाउने भएपछि राजनीतिक भन्दा पनि धार्मिक आस्थाले आएका हौं,’ देवघाटको त्रिवेणी धाम स्नान गरिरहेका घिमिरे भन्छन्, ‘मजस्तै अरु पनि यसैगरी, आएका हुन् ।’

त्यस्तै, कास्कीका दुर्गाप्रसाद अधिकारीलाई पनि ‘देवघाट घुम्न जाने’ भनेर बोलाइएको हो । उनलाई स्थानीय एमाले कार्यकर्ताले ‘बिहीबार राती खाना खाएर हिड्ने र बिहानै देवघाट त्रिवेणी धाममा स्नानपछि मन्दिर दर्शन गरेर फर्कने’ बताएर महाधिवेशनस्थल ल्याएका हुन् ।

यस्तै एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् । 

उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ । 

पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरुप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ ।

तर रावलले भने आफू उम्मेदवारीबाट पछि हटि नसकेको बताएका छन् । उनले निकटस्थहरूसँग आफूले सात सय मत ल्याउने बताइरहेका छन् । 

यस्तै नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए ।

ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन सकिने प्रस्ताव राखेको नेकपा एमालेका एक पदाधिकारीले जानकारी दिए ।

ओलीले आफू बसेको होटल सफारी पार्कमा नेताहरुसँगको भेटलाई तिब्रता दिएका छन् । दशौं महाधिवेशनमा रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...