चितवन –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं हजार पू र्व ल डा कु एमालेमा प्रवेश गर्ने तयारी गरेको बताएका छन् । आज पनि लाखौंको संख्यामा मान्छेहरू एमालेमा प्रवेश गर्न इच्छुक रहेको उनको जिकिर थियो ।
एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै नेता ओलीले भने, ‘अहिले नेकपा एमालेमा दैनिक रुपमा प्रवेश गरिरहेका छन् । आज पनि यस कार्यक्रममा लाखौं मान्छेहरु एमालेमा प्रवेश गर्नुहुन्थ्यो ।
तर यो मञ्च त्यसका लागि हैन । मिल्ने भए यहाँ लाखौं मान्छे प्रवेश गर्नुहुन्थ्यो । अब यो हिउँदभरी एमालेमा प्रवेशको लहर चल्छ । फागुनसम्मै एमालेमा प्रवेशका कार्यक्रम चल्दै जानेछ,’ नेता ओलीले बताए ।
यस क्रममा उनले एमालेले नै अब राष्ट्रिय सम’स्या समाधान गर्नसक्ने दाबी गरेका गरे । यस्तै नेता ओलीले सूर्यचिन्ह अंकित एमालेको झन्डाको बयान गर्दै सूर्यमा सबै अटाउन सक्ने तर्क गरेका थिए । साथै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेर पनि काम गर्न नसकेको भन्दै व्यंग्य गरेका थिए ।
उनले सत्ता गठबन्धन दलहरूका कारण देउवाले काम गर्न नसकेको टिप्पणी गरे । ‘मलाई अप्ठ्यारो पार्नेहरु । मेरा खुट्टा तान्नेहरू उहाँको खुट्टा तान्दैछन् । सायद उहाँ काम गर्न चाहनुहुन्थ्यो होला,’ ओलीले भने ।
नेता ओलीले आगामी चुनावपछि एमालेले नै बहुमत ल्याएर सरकारको नेतृत्व गर्नै दाबी गरेका थिए ।
यो पनि : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्डबाट चीन लगिएको छ ।
डेढ महिनादेखि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका नेता पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।
पुन विश्वमै विरलै देखिने जटिल प्रकृतिको ज’ण्डि’सबाट पी’डि’त छन् । बैंककमा गराइएको उपचारबाट उल्लेख्य सुधार नभएपछि थप उपचार गर्न शुक्रबार चीन लगिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए ।
नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन उडेका छन् । उनीहरु आजै मध्याह्न अस्पताल पुगेर उपचार सुरु हुने चापागाईंले जानकारी दिए ।
ज’ण्डि’सले स’ता’एपछि नेता पुनलाई गत असोज १३ गते बैंकक लगेर समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँका चिकित्सकहरुले अब योभन्दा थप उपचार गर्न नसक्ने र स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार पनि नदेखिएको भन्दै चीनको सेनजेन लैजान सुझाव दिएका थिए ।
काठमाडौंबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । ज’ण्डि’ससँगै शरीरका अन्य अंगहरुमा पनि त्यसको असर देखिन थालेपछि नेता पुनलाई चीन लैजानु परेको चापागाईंले बताएका छन् ।
को’रो’नाको सं’क्र’म’णको त्रा’स र आवत जावतमा चीन सरकारले लगाएको कडा मापदण्डका कारण थप उपचारका लागि चीन लैजानका लागि चिनियाँ पक्षसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका थिए ।
नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र त्यसअघि ग्राण्डी अस्पतालमा परीक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको सल्लाहमा बैंकक गएका थिए ।
यसअघि ज’ण्डि’सकै कारण स्वास्थ्य अवस्था निकै ग’म्भी’र भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो ।























