डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव ल ड्दै सभापति देउवा, के जित हात पार्लान् ?

डडेल्धुरा –

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिका लागि चुनाव ल ड्ने भएका छन् । सभापति देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव ल ड्ने भएको हुन् । 

देउवाले मन्जुरीनामा मार्फत उम्मेदवारी दिएर महाधिवेशन प्रतिनिधिमा चुनाव ल ड्ने तयारी गरेको डडेल्धुराका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदले जानकारी दिए । 

काँग्रेस विधानको धारा १५ को उपधारा १(ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरु स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । साउदका अनुसार देउवालाई विगतमा पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव ल डा एर ल्याउने गरिँदै आएको थियो ।

‘हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूलाई जिल्लाबाट महाधिवेशन प्रतिनिधि ल डा उछौं । उहाँ स्वतः महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । तर हामीले प्रत्येक महाधिवेशनमा  उहाँलाई जिल्लाबाटै पठाउने गरेका थियौं । भाउजू (देउवा पत्नी आरजु राणा)लाई पनि डडेल्धुराबाटै ल डा उने भएका छौं,’ उनले भने । 

यस्तै गोविन्द बोहोरा, नैनसिंह महर, रघुवीर भट्ट, जनक कलौनी लगायतका नेताहरु अधिवेशनको तयारीमा जुटेको साउदको भनाइ छ । 

उनले भने, ‘डडेल्धुराको अधिवेशन उत्साहजनक रुपमा सम्पन्न हुँदैछ । डडेल्धुरा पुरै झिलिमिली भएको छ । जिल्ला अधिवेशनका लागि मान्छेहरु हिजै आइसकेका छन् । एउटा ऐतिहासिक पर्वका रुपमा अधिवेशन सम्पन्न गर्दै छौं ।’

डडेल्धुरामा आज जिल्ला अधिवेशन पनि हुँदै छ । साउदका अनुसार ११ बजे उम्मेदवारी दर्ता हुने छ भने एक बजेपछि मतदान सुरु हुने छ ।

यता वर्तमान सभापति कर्णबहादुर मल्ल समूहले भने जिल्लामा सबै तहको अधिवेशन बहिस्कार गरेको छ । मल्ल समूह मंसिर एक गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसनमा छ ।

यस्तै नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ ।

मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन हुन लागेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

यस अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र यही मङ्सिर ३ गतेदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रारम्भ गरिसकेको छ।

कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन/एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६ गते अर्थात् आजका लागि निर्धारण गरिएको थियो।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यही मङ्सिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने कार्यतालिका छ।

कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुनेछ। एकमात्र निर्वाचन क्षेत्र भएका अधिकांश १६ उच्च पहाडी तथा हिमाली जिल्लामा भने कांग्रेसले जिल्ला अधिवेशन नै सम्पन्न गरिसकेको समितिका तेजबहादुर रावलले जानकारी दिए।

क्रियाशील सदस्यताको विवादका कारण ७७ जिल्लामध्ये सर्लाहीमा मात्र वडा अधिवेशन प्रारम्भ हुन बाँकी रहेको समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...