अब चाहि गगन थापा ढुक्क, यस्तो छ कारण !

काठमाडौं –

नेपाली कांग्रेसका नेता गगन कुमार थापा अब चाहि ढुक्क भएका छन् । नेपाली कांग्रेसका नेता थापाले पार्टीको १४ औँ केन्द्रीय महाधिवेशन हुनेमा अब चाहि विश्वस्त भएको बताएका हुन् ।

सोमबार कांग्रेसको १४औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा होटल र हल बुकिङ हुन थालेपछि महाधिवेशन हुन्छ भनेर आफू विश्वस्त भएको नेता थापाले बताए ।

उनले भने, ‘होटलै बुक गर्न थालेपछि, हलै बुक हुन थालेपछि बल्ल अधिवेशन हुन्छ भनेर साथीहरुलाई ढुक्क भएको छ । कतिपय ठाउँमा महाविधेशन सम्पन्न भएको छ, कतिपय ठाउँमा अझैँ विवाद छ । केही साथीहरु अनशन बसिरहनुभएको छ । केही साथीहरु अनशन बस्ने तयारीमा हुनुहुन्छ । ’

निर्वाचन आयोगलाई पटक पटक दबाब दिएपछि मात्रै महाधिवेशन समयमै भएको पनि नेता थापाले बताएका छन् । उनका अनुसार समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामूहिक क्षयीकरणको प्रमाण हो । नेता थापाले न्यायालय विवाद सन्भर्दमा पनि पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘आज अदालतमा यत्रो ठूलो समस्या देखिरहेका छौँ,अदालत स्वतन्त्र रहनुपर्छ, न्यायालय शुद्ध हुनुपर्छ, अदालतभित्रको नेतृत्व नै विचलित भयो भने त्यहाँभित्र न्याय मर्छ र स्वतन्त्र न्यायपालिका र न्यायालयको लागि कांग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर एउटा मतदाताले रूख चिन्हमा मत हाल्छ,

त्यो कुरामा चुक्यो भने मतदाता रिसाउँछ हाम्रो मत घट्छ, नेपाली कांग्रेसको १२–१५ लाख यस्तो मतदाता छ, नेपाली कांग्रेसले राष्ट्रिय निर्णय गर्दा एक ठाउँ चुक्यो भने मत हाल्दैन, दण्ड दिन्छ, त्यो मतदाता जोगाउनु पर्नेछ, ३५ लाख मतदाताले रुखमा किन मत हाल्ने भन्ने प्रश्नको उत्तर नेपाली काँग्रेसले लिएर जानुपर्छ ।’

महाधिवेशनबाट १३ लाख मतदाता थप्न सफल भए आगामी निर्वाचनमा पहिलो एकल पार्टी हुने पनि नेता थापाको दाबी छ । उता नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आइतबार भएको वडा अधिवेशनको निर्वाचनमा पालिकाका जनप्रतिनिधिदेखि उम्मेदवार घोषणा गरेका व्यक्ति नै वडा तहबाटै पराजित भएका छन् ।

कांग्रेसको निर्वाचन समिति बाँकेले दिएको जानकारीअनुसार बाँके निर्वाचन क्षेत्र नम्वर १ को क्षेत्रीय सभापतिमा दाबेदारी प्रस्तुत गरेका डिल्ली गिरी वडामै पराजित भएका छन् । उनी बहालवाला क्षेत्रीय समितिको सचिव थिए ।

साथै उनी संस्थापनइतरका बलियो उम्मेदवार मानिएका थिए । उनी वडा – २ बाट पराजित भएका हुन् । सो वडाबाट पार्टीका जिल्ला सचिव तप्त पौडेल र जिल्ला सदस्य पवन शाहसहित १९ जना निर्वाचित हुँदा गिरी १९ जनाभित्र पर्न सकेनन् ।

यसैगरी, राप्तीसोनारी गाउँपालिकाकी उपप्रमुखसमेत रहेकी धनीकुमारी खत्री पनि वडामै पराजित भएकी छिन् । उपप्रमुख खत्री संस्थापन समूहकी हुन् ।
बाँकेमा वडामै पराजित हुने जनप्रतिनिधिमा खत्री पहिलो हुन् । यसअघि संस्थापनइतरमा रहेकी उपप्रमुख खत्री केही समयअघि संस्थापन समूहमा गएकी हुन् ।

उपप्रमुख खत्रीले वडा(८ बाट क्षेत्रीय प्रतिनिधि पदमा उम्मेदवारी दिएकी थिइन् । राप्तीसोनारी गाउँपालिका(८ मा संस्थापनइतर समूहले वडा कार्यसमितिसहित क्षेत्रीय प्रतिनिधिमा पुरै प्यानल कब्जा गर्दा उपप्रमुख खत्री वडामै पराजित भएकी हुन् ।

यसैगरी नेकपा ९एमाले०को १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०७ जना प्रतिनिधि छानिएका छन् । खुला प्रतिस्पर्धाबाट १४५ जना र महिलाबाट ६२ जना छानिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले बताए ।

१४५ जनाको खुला प्रतिस्पर्धाबाट आएका छन् । तर खुलामा महिलाको उम्मेदवारी परेन । उम्मेदवारी नै नपरेकाले खुला प्रतिस्पर्धाबाट महिलाको सहभागिता शून्य छ ।

खुल्लातर्फ अन्य पुरुष ९२ जना, जनजाती पुरुष २४ जना, दलित पुरुष २० जना, मधेसी पुरुष ६ जना र मुस्लिम पुरुष तीन निर्वाचित भएका छन् । कुनै पनि महिलाको खुलातर्फ मनोनयन नै परेन, चुनिएका सबै महिला आरक्षण कोटाबाट मात्रै प्रतिनिधि भएका छन्,ु उनले भने ।

महिलातर्फ अन्य महिला ४२ जना, दलित महिला नौ जना, जनजाती महिला १० जना र मधेसी महिला एकजना गरी ६२ जना निर्वाचित भएका छन् । निर्वाचित भएका सबै महिला आरक्षित कोटाबाट चुनिएको एमाले प्रदेश अध्यक्ष गिरीले बताए ।

कतिपय जिल्लामा निर्वाचन हुँदा महिला कोटामा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य पराजित भएका छन् । रुपन्देहीबाट जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष एवं बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य,

तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरी, देवदह नगरपालकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, लुम्बिनी प्रदेश कमिटी सदस्य सावित्रा अर्यालसमेत आरक्षण कोटाबाट प्रतिनिधि छानिएका छन् ।

पार्टी नेताहरुको आग्रह अनुसार खुलामा लड्ने चाहना हुँदाहुँदै पनि आरक्षण कोटाबाट प्रतिनिधि बन्न बाध्य भएको एमाले प्रदेश कमिटी सदस्य सावित्रा अर्यालले बताइन् ।

नवलपरासी र रुपन्देहीबाट अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...