काठमाडौ –
नेपाली काँग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा नेपाली काँग्रेसले जित्यो भने के गर्छ काँग्रेसले भन्ने प्रश्नको जवाफ जनतालाई दिन सक्नुपर्ने बताएका छन् ।
सोमबार नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट काठमाडौ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई काँग्रेसलाई निर्वाचनमा जिताउनुपर्छ भन्ने प्रश्नले धेरै नछुने बताए ।
‘काँग्रेसको रुख चिन्हमात्र चिनेको मतदातालाई हामीलाई निर्वाचन जिताउनुपर्छ भन्ने प्रश्नले धेरै छुँदैन । निर्वाचन जित्यो भने काँग्रेसले के गर्छ ? त्यो गर्ने कुराले उसको जीवनमा फरक ल्याउँछ भन्ने कुराले छुन्छ ?
त्यो प्रश्नको उत्तर लिएर जाने नेपाली काँग्रेसको नेतृत्व हामीलाई चाहिएको छ’, थापाले महाधिवेशनले चयन गर्ने नेतृत्वप्रति लक्षित गर्दै भने, ‘अबको ५ बर्षमा काँग्रेसले केके गर्छ त्यसको जवाफ दिनुपर्छ ।’
उनले अदालतभित्र देखिएको समस्याका बारेमा पनि काँग्रेस प्रस्ट हुनुपर्ने धारणा राखे । भने, ‘अदालतभित्र हामी यत्रो ठुलो समस्या देखिरहेका छौ । अदालत स्वतन्त्र रहनुपर्छ, न्यायालय शुद्ध हुनुपर्छ ।
अदालतभित्रको नेतृत्व नै विचलित भयो भने न्याय मर्छ । स्वतन्त्र न्यायपालिका र अदालतको मर्यादाका लागि काँग्रेस लड्छ भन्ने विश्वास भएमात्रै एउटा मतदाताले रुख चिन्हमा मत हाल्छ ।’
यो पनि : विवेकशील साझा पार्टी गण्डकीका एक दर्जन नेताहरुले पार्टी प’रि’त्या’ग गरेको छन् ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टीमा हैकम चलाउँदै ता’ना’शा’ही प्रवृत्ति देखाएको आरोप लगाउदै १२ जना नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी प’रि’त्या’ग गरेको घोषणा गरेका हुन् ।
पार्टी प’रि’त्या’ग गर्नेमा केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्यद्वय प्रकाश आचार्य, मनिषा मगर,गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का,
कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख पदम न्यौपाने, तनहुँ जिल्ला संयोजक एवं प्रदेश सदस्य सागर घिमिरे, ब्यास नगर संयोजक सलमान अलि,
युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भिमनारायण कोइराला, तनहुँको म्याग्दे गाउँपालिका संयोजक विश्वराज अछामे र विप्लता ढुङ्गाना रहेका छन् ।
उनीहरुले दुई फरक पार्टीलाई एक ठाउँमा ल्याएर तोकिएको समयमा एकता महाधिवेशन गर्न लाग्नुको साटो अध्यक्ष मिश्रले एकताको मर्मविपरीत एकल दस्तावेज सार्वजनिक गरेर पार्टीमा ता’ना’शा’ही प्रबृत्तिका लाद्न खोजेको आ’रो’प लगाएका छन् ।
एकता महाधिवेशन छाडेर अनावश्यक र पार्टीको लाइन विपरीतका मु’द्दालाई बहसमा ल्याएर अध्यक्षले वैकल्पिक राजनीतिको ग’ल’त व्याख्या गरेको उनीहरुको आ’रो’प छ ।
‘मिश्रको यस कदमले देशको अवस्था परिवर्तन गर्ने सपना साँचेर वैकल्पिक राजनीतिमा लागेका युवाहरूको घोर अप’मान भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘अध्यक्ष मिश्रले पार्टीका नेता कार्यकर्ताको भावना विपरित एकलौटी निर्णय लिएकाले उनीबाट वैकल्पिक राजनीतिको यात्रा सम्भव नभएको ठहर आफूहरूले गरेको पनि उनीहरूले बताएका छन् ।
नेतृत्वबाट पार्टीभित्रका समस्या समाधान गर्ने भन्दा पार्टीलाई टु’क्रा’उने र भिन्न विचार राख्नेलाई पाखा लगाउने हर्कतहरू हुन थालेपछि आफ्नो उर्जा शिल समय विवेकशीलमा
खर्च गर्नु बर्बादी हुने ठानेर आजैदेखि पार्टीको पदीय जिम्मेवारीसहित सदस्यता समेत परि’त्या’गको घोषणा गरेका छौँ,’विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि देशको अवस्था परिवर्तन गर्न हामी विभिन्न ठाउँबाट प्रयत्नशील रहिरहनेछौँ।’























