काठमाडौं –
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै पार्टीभित्र गु’टगत छलफल शुरु भएका छन् ।
यही सिलसिलामा बिहीबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको आफूनिकट केन्द्रीय पदाधिकारीलई छलफलमा बोलाउँदा उपसभापति निधिसँग स’वा’ल’जवा’फ पर्यो ।
सभापति देउवाले महाधिवेशनको सन्दर्भमा आफ्नो टीममा छलफल गर्ने भन्दै पदाधिकारीहरुलाई दिउँसो बालुवाटार बोलाएका थिए । बैठकमा सभापति देउवा, उपसभापतिद्वय विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महत सहभागी थिए ।
बैठकको सुरुमै देउवाले आफू सभापतिमा दोहोरिन चाहेको र त्यसका लागि माहोल बनाउन नेताहरुलाई आग्रह गरेका थिए । तर देउवाको आग्रह इन्कार गर्दै उपसभापति निधिले आफूले सभापतिको तयारी अगाडि बढाइसकेको भन्दै उल्टै देउवाको समर्थन खोजे ।
‘म त सभापतिमा तयारी गरिरहेको छु । १३ औं महाधिवेशनमै १४ औं महाधिवेशनमा तपाईं नै हो भनेर भन्नुभएको हो । म त्यही अनुसार सभापतिको तयारी गरिरहेको छु,’ निधिले भने, ‘मलाई तपाईंको समर्थन चाहिन्छ ।’
छलफलमा सहभागी एक नेताका अनुसार बिहीबारको छलफलमा देउवाले निधिबाट सकारात्मक संकेत नपाएपछि महाधिवेशनमा प्रतिस्पर्धा गर्ने सबैलाई अधिकार भएको भन्दै आफ्नो समर्थन नरहने प्रष्ट पारे ।
‘देउवाले यसपटक मलाई सहयोग गर्नुस्, अर्काे पटक तपाईं नै हो भनेर निधिलाई भन्नुभयो,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी ती नेताले भने, ‘हुन त चुनाव ल’ड्ने तपाईंको अधिकार हो । शुभकामना छ ।’
देउवाले शुभकामना भनेपछि उपसभापति निधिले हाँस्दै जवाफ दिए, ‘यो त मेरा लागि गुड न्यूज हो । मलाई शुभकामना दिनुभयो । यो त राम्रो कुरा भयो ।’ तर देउवाले आफ्नो अभिव्यक्ति तत्कालै सच्याए । ‘यो शुभकामना यसपटकका लागि होइन, १५ औं महाधिवेशनका लागि हो । अहिले त मलाई नै मद्धत गर्नुस् भनिरहेको छु,’ देउवाले निधिको साथ खोजे ।
कांग्रेस विधानमा दुई पटक मात्रै सभापति बन्न पाउने व्यवस्था छ । देउवा १४ औं महाधिवेशबाट सभापति निर्वाचित भएर सक्रिय राजनीतिबाट विदा हुने बताएका छन् ।
दुई नेताबीच करिव ४५ मिनेट संवाद भएको थियो । बैठक स्रोतका अनुसार निधिले ठट्यौली पारामा ज्योतिषीको प्रसंग पनि निकाले, ‘ज्योतिषीले तपाईलाई पटकपटक प्रधानमन्त्री पो बन्ने भन्नुभएको हो । सभापति होइन नि ।’ तर देउवा हाँसे मात्रै, जवाफ फर्काएनन् ।
ज्योतिषीले देउवा सात पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको प्रसंग नेपाली राजनीतिमा चर्चित छ । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बेला
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भएको बताएपछि जवाफमा देउवाले भनेका थिए, ‘ज्योतिषीले मलाई सात पटक प्रधानमन्त्री बन्ने योग छ भनेको छ ।’ कांग्रेस सभापति देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् ।
बैठकमा सहभागी केही नेताहरुले भने निधिलाई यसपटक त्याग गर्न सुझाव दिएका थिए । उनीहरुले देउवालाई सभापतिमा समर्थन गर्न निधिलाई आग्रह गरेका थिए ।
‘हामीले अहिले देउवाको विकल्प खोज्ने बेला छैन, यसपटक सबै मिलेर उहाँलाई सभापतिमा जिताउनुपर्छ भन्यौं,’ एक नेताले भने, ‘तर निधिजी अडिग देखिनुभयो ।’
निधि बैठकबाट बाहिरिएपछि देउवाले बाँकी नेताहरुसँग छलफल गरेका थिए । संस्थापन समूहमा निधिबाहेकका नेताहरु देउवाको पक्षमा छन् । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।
पौडेल नेतृत्वको संयन्त्रप्रति निधिको अस’न्तुष्टि
कांग्रेस उपसभापति निधिले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको सत्ता गठबन्धन दलहरुका शीर्ष नेता सम्मिलित समन्वय समितिप्रति असह’मति जनाएका छन् । उनले सरकार सञ्चालनका लागि छुट्टै संयन्त्र आवश्यक नरहेकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
‘सरकार सञ्चालनक लािग यस्तो संयन्त्र बनाइराख्नु हुँदैन । यो त कम्युनिष्ट पार्टीको पोलिटव्यूरो जस्तो हुन्छ,’ निधिले भने । प्रधानमन्त्री देउवाले संयन्त्र राष्ट्रिय सभा चुनाव लक्षित भएको जवाफ दिएका थिए ।
त्यस्तै निधिले संसद रहुञ्जेल मात्रै गठबन्धन हुनुपर्ने बताएका थिए । उनले निर्वाचनमा कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिएका थिए ।























