रौतहट –
प्रचण्डमाथि केशरजंग रायमाझीको नयाँ अवतार को आ’रो’प लागेको छ ।
दीपावली तथा छठ पर्वको अवसरमा शनिबार रौतहटको कटहरीया नगरपालिका – १, भसेढवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले नेता तथा पूर्वमन्त्री प्रभु साहले कांग्रेसको पुच्छर बनेर प्रचण्डले ज’न’यु’द्ध र शहिद समेतको अपमान गरेको बताए ।
विगतमा कांग्रेसी फाँ’सी’वा’दको वि’रु’द्ध यु’द्ध गरेर किसान मजदुरको र’ग’त बगाएर प्रचण्डले अन्तिममा कांग्रेसकै लंगौटी बनेर केशरजंग रायमाझीको नयाँ रुप देखाएको टिप्पणी उनले गरे ।
सर्वहारावर्गको मत लिएर प्रतिक्रियावादी शरणमा पुगेर प्रचण्डले आफ्नो प’त’नको दिशा आफै चयन गरेको बताए ।
‘हिजो कांग्रेसी फाँ’सीं’वा’दको वि’रु’द्ध भी’ष’ण यु’द्धमा किसान मजदूरको र’ग’त पसिनाबाट नेता बनेका प्रचण्ड गत निर्वाचनमा कांग्रेसको वि’रु’द्ध जनताको मत लिएर आज त्यही कांग्रेसीको लंगौटी बनेको छ ।
प्रचण्डको यो ग’द्दा’रीको कदम नेपाली ईतिहासमा नौलो होईन, केशरजंग रायमाँझी प्रवृतिको पुनरावृत्ति हो’ उनले भने ।
‘अहिले तपाईहरुलाई लाग्न सक्छ प्रचण्ड नै माओवादी हो भनेर । तर, नेकपा माओवादी केन्द्र एउटा नाम मात्र हो, खास अर्थमा भन्ने हो भने एउटा पसलको रुपमा मात्र बाँकी रहेको छ ।
प्रचण्ड त्यसको एउटा व्यापारी बनेको छ । माओवादी विचार, विरासत, मुद्दा र महान शहिदहरुको सपना बेचेर अहिले प्रचण्डले जनतालाई धो’का दिएको छ’ उनले आ’रो’प लगाए ।
नेता साहले थपे, ‘कांग्रेसको वि’रु’द्धमा गरिब, मजदुर, किसान एवम् सर्वहारा वर्गको विश्वास जितेर बहुमत हासिल गरेका प्रचण्डले पछी त्यही कांग्रेसको पुच्छर बन्ने काम गरे । यसरी जनतालाई धो’का दिने प्रचण्डहरुको प’त’न निश्चित छ ।’
कार्यक्रममा एमाले केन्द्रीय सदस्य कुन्दन कुश्वाहा, कटहरीया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, नेता त्रिभुवन साह, सो वडाका वडाध्यक्ष राजकुमार साह, आईटी आर्मीका जिल्ला अध्यक्ष नरेश साह तुरहा लगायतका नेताहरुको उपस्थिती थियो ।























