एमाले छोड्नेको लर्को बढ्दै, यी हुन् ओलीको साथ् छोडेर एकैपटक नेपालतिर लागेका नेताहरु

काठमाडौं –

नेपाल कम्युनिस्ट पार्टी एमाले बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रोजेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । यही भदौ ९ गते एमालेबाट अलग्गिएर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी तथा महन्थ ठाकुर नेतृत्वको अध्यक्षतामा लोसपा गठन भएको थियो ।

संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत सदस्यले दल वि’भा’जन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आएपछि दुवै पार्टी गठन भएको थियो ।

दुवै दलले भदौ ९ गते नै दल दर्ताको प्रमाणपत्र पाएसँगै निर्वाचन आयोगले एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्ने सूचना जारी गरेको थियो ।

स्थानीय तहका जनप्रतिनिधिका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्ने व्यवस्था गरिएको थियो । आयोगका सहायक प्रवक्ताको मलप्रसाद धमलाले आयोगको अन्तिम म्यादसम्म उक्त सङ्ख्यामा स्थानीय जनप्रतिनिधिले नयाँ दल रोजेको जानकारी दिए ।

५ हजार नेता कार्यकर्तासहित एकिकृत समाजवादीमा प्रबेश गर्ने बामदेब गौतमको तयारी
कुनै पार्टीमा नरहेका तर पार्टी फेरिरहने उम्मेद्धवार हुन बामदेब गौतम । आफ्नो निर्वाचन क्षेत्रमा चुनावका दौरान नमिठो हार ब्यहोरेपछि नेपाली राजनीतिमा साख गुमाएका तर चर्चामा आइरहने पात्र हुन गौतम ।

उसो त उनको निकट नेताहरुले उनी सिद्धान्तमा अडिग ब्यक्ति हुन भन्ने गर्छन तर बामदेब गौतम भने पार्टी फेर्नमा छेपारो भन्दा कम भने छैनन । पछिल्लो समय आफ्नै राजनीतिक करिअरको ठेगान नभएका गौतमले नयाँ यात्रा तय गर्ने संकेत देखाएका छन् ।

उनी सबै कम्युनिष्ठलाई एक बनाउने भन्दै माओवादी प्रबेश गर्न लागेको सूचना हामीलाई उनी निकट स्रोतबाट प्राप्त भएको छ ।

पछिल्लो समय उनले एकिकृत समाजवादीमा प्रबेश गरेर सबै कम्युनिष्ठ पार्टीलाई एकताको सुत्रमा बाध्ने तयारी गरेका छन । नेकपा बिप्लब, माओवादी र एमालेलाई समेत एकताको सुत्रमा बाध्ने तयारी गरेको उनी निकट स्रोतले बताएको छ । माओवादीमा रहेका तर अहिले छुट्टिएका पार्टीलाई समेत एकताबद्ध गर्ने गौतमको योजना छ ।

समग्रमा सबै कम्युनिष्ठ बिचारधाराका मानिसलाई एक ठाउँमा ल्याएर बृहत कम्युनिष्ठ पार्टी बनाउने गौतमको योजना छ । तत्कालका लागी उनी माओवादी केन्द्रमा प्रबेश गर्न लागेको खबर आएको छ ।

यो पनि पढनुहोस : एमाले नेता महेश बस्नेतले राप्रपा नेता विक्रम पाण्डे एमाले प्रवेश गर्नेबारे कुराकानी भइरहेको दावी गरेका छन् । विक्रम पाण्डेसँग निरन्तर पार्टी प्रवेशबारे छलफल भइरहेको उनको दावी छ ।

उनी एमाले प्रवेश गर्ने सम्भावना धेरै रहेको पनि पत्रकार ऋषि धमलासँगको जनता जान्न चाहन्छन् कार्यक्रममा बस्नेतले शुक्रबार दिएको अन्तर्वार्तामा दावी गरेका छन् ।

चितवनमा त प्रचण्डले चुनाव जित्ने फेरि पनि निश्चित छ भनिन्छ नि भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा बस्नेतले प्रचण्डलाई चितवनमा चुनाव जित्न गाह्रो रहेकाे दावी गरे ।

‘निर्वाचन क्षेत्रमा त उहाँ चौथो हो नि, एमाले, काँग्रेस, राप्रपा र त्यस पछाडि माओवादी केन्द्र हो’, उनले भने, ‘विक्रम पाण्डे त कम पपुलर हुनुहुन्छ र ?’

उनले थपे, ‘विक्रम पाण्डे एमालेमा आउने स्थिति बन्यो भने त प्रचण्ड समानुपातिकतर्फ गइहाल्नुहुन्छ । कि वर्षमान पुनलाई हटाएर रोल्पामा उठ्नुपर्यो कि जनार्दनलाई हटाएर रुकुममा उठ्नुपर्यो । अरु सुरक्षित सिट कहीँ होलाजस्तो मलाई लाग्दैन ।’

व्यवसायी समेत रहेका पाण्डे यसअघिको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पराजित भएका थिए । अहिले चुनाव ल’ड्नकै लागि उनी एमाले प्रवेश गरेर आफूलाई थप अब्बल बनाउने दौडमा रहेको बताइएको छ ।

यस विषयमा नेता पाण्डेसँग सम्पर्क गर्दा भने उनी सम्पर्कमा आउन चाहेनन् ।

यस्तै  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको स्पष्ट पारेका छन् ।

एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषले देशभरि तरंग आएको बताउँदै प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताएका छन् ।

देउसी खेल्न खुमलटारस्थित आफ्नो निवासमा आइपुगेको कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी परिवारसँग कुरा गर्दै प्रचण्डले एमसीसी सम्झौता पहिले सही नै भए पनि बीचमा थपिएका प्रवाधानहरुले प्रश्न उब्जाएको बताए ।

‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले एउटा महाँ बोलिदिनुभएछ प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर । देशैभरि साथीहरुको तरंग पैदा भएको छ’ प्रचण्डले भने, ‘त्यस्तो चिठी पठाएको हैन । पछि प्रधानमन्त्रीजीले त्यस्तो भनेको त होइन भनेर आफैंले सच्याउनुभएको छ ।

’एमसीसी सम्झौता नसच्याई पारित नहुने बताउँदै प्रचण्डले अगाडि भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरूसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय पनि चाहिन्छ । हामी छलफल गर्छौं ।

समस्या कहाँ छ, त्यसको निदान कसरी गर्न सकिन्छ, उपाय निकाल्छौँ भनेर लेखेको चिठी हो । हामी पास गर्छौं भनेर लेखेको चिठी होइन । यो कुरा प्रष्ट होस् ।’विदेशी सहायता स्वीकार गर्नु स्वभाविकै हुने भएता पनि एमसीसीमाथि प्रश्न उठेको प्रचण्डले बताए ।

उनले भने, ‘अमेरिकाले, बेलायतले या दुनियाँको कुनै पनि विकसित देशले दिएको सहयोग नलिने भन्ने चाहिँ हुँदैन । अनुदान सहयोग दिने र लिने कुरा सामान्य कुरा हो ।

तर, यो एमसीसीमा यति धेरै बहस विवाद किन भयो भने पहिलो सुरुमा सहमति हुँदा यो एमसीसी सम्झौता संसदमा लानुपर्ने र संसदबाट अनुमोदन गर्नुपर्ने केही कुरा थिएन । अमेरिकाले सहयोग दिने र नेपालले लिने भन्ने मात्रै थियो ।’

माओवादी अध्यक्ष प्रचण्डले थपे, ‘त्यतिबेला हामी पनि सरकारका थियौं । शेरबहादुर देउवाकै नेतृत्वमा सरकार थियो । त्यतिबेलाको अर्थमन्त्रीले सम्झौता गरेको हो । त्यो सम्झौतामा पार्लियामेन्टमा लगेर ऐन सरह हुने गरी अनुमोदन गर्ने कुरा थिएन । पछि त्यसमा त्यो थपियो । त्यसो हुँदा यसका पछाडि के हो त रहस्य भन्ने प्रश्न खडा भयो र यो विवाद बन्न आएको हो ।’

सत्ता गठबन्धनका नेता प्रचण्डले एमसीसी यथास्थितिमा पारित नहुनेमा जोड दिँदै भने, ‘यसको समाधान पनि ओरिजिनल सहमतिसँग डराउनुपर्ने कुरा छैन, बीचमा थपिएका कुराले गर्दा नेपालको राष्ट्रिय हितमाथि नै असर पर्ने भन्ने आम जनतालाई लागिसकेपछि यसलाई सम्वोधन नगरिकन यसलाई पारित गर्न सकिँदैन ।’

एक अर्को प्रसंगमा माओवादी अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन चुनावसम्मै जाने र चुनावमा सकेसम्म तालमेल गरिने बताए । उनले भने, ‘ हिजो प्रधानमन्त्रीजीले पनि त भनिसक्नुभएको छ, यो गठबन्धन चुनावसम्म जान्छ, यो गठबन्धन राम्रैसँग जान्छ । यसैले चुनाव गराउँछ । चुनावमा हामी सकेसम्म तालमेल गरेर जान्छौं ।’  

यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीको विषयमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । उनले यसअघि नै पार्टीले संशोधनबिना एमसीसी पारित हुन नसक्ने निर्णय गरिसकेको स्पष्ट पार्दै सोही अनुसार माओवादी केन्द्र अघि बढ्ने बताए । 

उनका अनुसार नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु सच्याइएमात्रै एमसीसी पारित गर्न पार्टीले सघाउने छ । 

‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरु नसच्याइ यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न’, श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन्,

‘यो नै हाम्रो पार्टी नेकपा (नेकपा माओवादी केन्द्र)को आधिकारिक निर्णय र धारणा हो।’ उनले एमसीसीको विषयमा अनावश्यक भ्रममा नपर्न र पार्टीलाई जोडेर भ्रमपूर्ण प्रचार नगर्न पनि आग्रह गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...