फेसबुक प्रयोगकर्ताहरुको लागि आयो खुसिको खबर, फेसबुकले यस्तो गजबको फिचर्स ल्याउदै

काठमाँडौ – सामाजिक सञ्जाल फेसबुक अहिले हरेक व्यक्तिको सु’ख दु’खको साथी बन्न पुगेको छ । आजको यो २१ शताब्दीको विज्ञान र प्रविधिको युगमा आईपुग्दा फेसबुक अहिले हरेक व्यक्तिको हात हातमा पुगिसकेको छ ।

को’रो’ना भा’इर’स महामारी सुरु भएसँगै विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्नुका साथै भिडियो कलिङ एपका प्रयोगकर्ता पनि ह्वात्तै बढे ।ल’कडा’उ’नका कारण भौतिक उपस्थितिमा सञ्चालन हुन नसकेका धेरै कार्यालयहरुमा छलफल तथा बैठकहरु समेत अनलाइनमा भिडियो कलिङका माध्यमबाट हुने गरेका छन् ।

भिडियो कन्फ्रेन्सिङका लागि सुरुमा जुमले अत्यधिक लोकप्रियता पायो र पछि माइक्रोसफ्ट टिम्स, गुगल मीट जस्ता एपहरु पनि विभिन्न फिचरहरुका साथ लञ्च भए । भिडियो कलिङको उच्च मागलाई ध्यानमा राख्दै फेसबुक लगायतका सोसल मिडिया कम्पनीहरुले पनि आफ्ना मेसेजिङ तथा कलिङ एपहरुमा एकपछि अर्को गर्दै नयाँ–नयाँ फिचरहरु थप गर्दै लगेका छन् ।

फेसबुक कम्पनीले पनि आफ्नो ह्वाट्सएप तथा मेसेन्जर एपमा भिडियो कलिङका लागि विभिन्न नयाँ फिचरहरु थप गरिरहेको छ । हालसम्म फेसबुकले ह्वाट्सएप र फेसबुक मेसेन्जरमा भ्वाइस तथा भिडियो कलिङ फिचर उपलब्ध गराउँदै आएको छ । तर अब कम्पनीले फेसबुकको मुख्य एपबाटै भिडियो तथा भ्वाइस कल गर्न सकिने सुविधा दिने भएको छ ।

अर्थात् अब भिडियो कल तथा भ्वाइस कल गर्नका लागि तपाईंले मेसेन्जर डाउनलोड गरिरहनु पर्नेछैन, फेसबुकको मुख्य एपबाटै गर्न सक्नुहुनेछ । यसबाट प्रयोगकर्ताले केबल कल गर्नका लागि मात्रै मेसेन्जर एप डाउनलोड गर्नुपर्ने छैन । समाचार अनुसार फेसबुकको मुख्य एपमै भ्वाइस तथा भिडियो कलिङ फिचरको हाल परीक्षण भैरहेको छ ।

स्मरण रहोस् फेसबुकले केही वर्षअघि मात्रै आफ्नो मुख्य एपबाट मेसेन्जरलाई छुट्टाएको थियो र मेसेन्जर एपलाई नितान्त मेसेजिङ तथा कलिङ एप बनाएको थियोे । तर अब कम्पनीले पुनः फेसबुकको मुख्य एपमै हटाइएको उक्त कलिङ सुविधाको पुनरागमन गराउँदैछ ।

यद्यपि भविष्यमा फेसबुकको मुख्य एपमा कलिङ सुविधा मात्र ल्याउने वा मेसेजिङ फिचर पनि थप गर्ने भन्ने विषयमा फेसबुकले केही खुलाएको छैन । फेसबुकका प्रवक्ताले चाहिं फेसबुकको मुख्य एपमा भिडियो तथा अडियो कलिङको सुविधा थप हुन लागेको भए तापनि धेरै खाले फिचर्सका लागि प्रयोगकर्ताले मेसेन्जर एप नै प्रयोग गर्नुपर्ने बताएका छन् ।

फेसबुकको मुख्य एपमा भ्वाइस तथा भिडियो कलिङ फिचरको पुनरागमन हुने पक्कापक्की भए पनि एकिन मिति चाहिं खुलासा भएको छैन ।फेसबुकले गत हप्तामात्रै नयाँ भर्चुअल रियालिटी रिमोट वर्क एप सार्वजनिक गरेको थियो । जसमा प्रयोगकर्ताले कुनैपनि मिटिङमा आफ्नो साटो कुनै भर्चुअल अवतारको प्रयोग गर्न सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...