डोटीमा ७१ वर्षका वृद्धले गरे प्रेमलाई विवाहमा परिणत !

काठमाडौं– डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् ।

स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन् । उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन् ।

उक्त दम्पतीका तीन छोरी र एक छोरा छन् । भाटको माइती सुर्खेत हो। धेरै पहिले खड्का र भाटले लामो प्रेम सम्बन्ध सँगै बिताए । उनीहरूबाट सन्तान समेत भए ।

श्रीमतीको रूपमा घर भित्र्याएकी भाटको खड्काले सिउँदो भने भरेका थिएनन् । जोरायल-५ गड्सेरा स्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको छ ।

सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिका सदस्यसमेत रहेका मुकुन्द भण्डारीले बताए ।

खड्काका सखा ८१ वर्षीय डिल्लीराज भण्डारी आफ्नो बाल सखाको बिहेमा बुढेसकालमा सहभागी हुन पाउँदा खुसी छन् । उनले यो विवाह नौलो लागेको र रमाइलो पनि लागेको बताए । विवाहमा बेहुला-बेहुलीका पनाति समेत सहभागी थिए ।

सोही सप्ताहमा चार वटा व्रतबन्ध, तीन वटा कपाल मण्डन, पास्नी कार्यक्रमसमेत सम्पन्न भएका छन् । महायज्ञका पुजारी श्रमानन्द ओझाले उक्त दम्पतीको विवाह सम्पन्न गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...