‘विहे नगरी बच्चा जन्माउने’ अभिनेत्री नम्रताको चाहना, के नेपाली समाजले स्विकार गर्लान् ?

केही अगाडि फिल्म क्षेत्रमा नेपोटिज्म रहेको धारणा राखेपछि विवादमा मुछिएकी अभिनेत्री नम्रता सापकोटा पछिल्लो समय फेरि चर्चामा छाएकी छन् । उनी अहिले विवाह नगरी बच्चा जन्माउने चाहना राखेर चर्चामा छाएकी हुन् । 

न्यूज २४ को ‘ई टक’ कार्यक्रममा बोल्दै आफू धेरै कोएक्टरसँग सँगत गर्नु परिरहेको अवस्थामा बाहिर आउने प्रेमका चर्चाहरुलाई नकार्न नसक्ने उनले बताएकी हुन् । ‘कहिले काँही आफूसँगै अभिनय गरिएको ‘को एक्ट’सँग बसिन्छ । 

चिया कफी खाइन्छ बोलिन्छ । साथी सर्कल भनेको त्यही हो,’ उनले भनिन् ‘ त्यसरी देख्दा देख्दै अफियर छ भनेर न्यूज आउछ भने म इजी वेमा लिन्छु । कता लुकाउनु सबै।’

अन्तवार्ताको क्रममा उनले विवाहको समय पुगेको भएपनि विवाह नगरि बच्चा पाउने इच्छा रहेको उनले बताइन् । त्याे पूरा गर्ने समेत उनले बताइन् । ‘साच्ची भन्दा खेरी बिहे चाही होइन, बच्चा चाही पाउन मन छ मलाई’, बिहे नगरी बच्चा पाउने पक्षमा हो तपाई ? भन्ने दोहोरो प्रश्नमा उनले भनिन् ‘समयले के मोड लिन्छ मलाई थाहा छैन ।

तर म बच्चा चाही पाउँछु । बिवाह गरेर हुन्छ वा नगरी हुन्छ । जे पनि हुनसक्छ । आगामी दिनमा । किन भने हामीले नै विस्तारै समाज परिवर्तन गर्नु पर्छ।’ विस्तारै नेपाली समाज परिवर्तन हुँदै आएको बताउदै उनले सिंगल आमा बन्न पाउने अधिकारले वैधानिकता पाउदै गएको उनले बताइन् ।

सिंगल आमाले पनि बच्चालाई नागरिकता दिन पाउने कानुनमै बनेको समेत उल्लेख गरेकी उनले आफ्नो पनि त्यस्तै योजना रहेको सुनाइन् । भनिन्, ‘सबै मिलेर समाजलाई परिवर्तन गर्दै लैजानुपर्छ ।’ ‘म अहिले नै विवाह गर्दिनँ । तर म बच्चा जन्माउन चाहिँ चाहन्छु । तीन–चार वर्षमा बिहे भएन भने पनि म बच्चा जन्माउँछु होला’ उनले अन्तर्वार्तामा भनिन्, ‘यो कुरा मेरो आमा–बुबालाई समेत जानकारी छ ।’

भगवानले छोरी मान्छेलाई आमा बन्ने बरदान दिएका कारण भविष्यमा विवाह नभए पनि बच्चा जन्माउने उनको भनाई राखेकी छन् । अहिले बच्चा जन्माउन धेरै तरिका भएको बताउने उनी त्यसका लागि विवाह गरेर श्रीमान्–श्रीमती नै हुनु नपर्ने तर्क उनको रहेको छ ।

विवाहको विरोधी आफु नभएको समेत बताएकी उनले आफ्ना लागि सोचेजस्तो सकारात्मक व्यक्ति नभेटेकाले अहिलेसम्म विवाह नगरेको समेत जानकारी दिइन् । नम्रता अभिनित फिल्म ‘समर लभ’ फिल्म केही अगाडि रिलिज भएको थियो ।

फिल्मले व्यवसायिक सफलता हात पार्न नसकेपछि समीक्षकबाट भने राम्रो प्रतिक्रिया पाउन सफल भएको थियो । उनी म्युजिक भिडियो र विज्ञापन चलचित्रमा पनि बाक्लै देखिँदै आएकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...