अष्ट्रेलियाबाट नेपाली छोरीको आमालाई मर्मस्पर्शी पत्र, पढने सबै भए भाबुक

फर्कदा ‘लुक्स’ तिल चामल भइसकेको थियो । १८ वर्ष छोटो अवधि होइन । जाँदा झोला दुई वटा थिए, फर्कदा एउटा मात्र । जाँदा सपरि`वार बिदा गर्न आएका थिए।

फर्कदा बिरानो झै लाग्ने शहरले नचिने झैं गरिरहेको थियो । त्यतिबेला मेरो मनो`दशा दोस्रो विश्व`यु`द्धपछि जर्मन फौजको सिपा`ही मस्कोबाट बर्लिन फर्केको जस्तो थियो ।

संसार जित्न हिँडेको म सबैथोक हारेर आफ्नै ‘बलिर्न’ फर्कदै थिएँ । जुनसुकै यु`द्धमा होस् जीवन हार्नेहरुले सम्मानित स्थान पाउँछन् तर जीवनमा हा`र्नेहरुलाई सहिदको सम्मान प्राप्त गर्ने सौभाग्य हुँदैन ।

मैले त्यसदिन आफूलाई जर्मन सिपा`ही जस्तै अभागी अनु|भव गरेँ । हामी दुई दाजुभाइ थियौ। तर, दाइलाई मैले आउँदै छु भनेर खबर गरेको थिइनँ ।

हाम्रो कुराकानी नभएको वर्षौं भइसकेको थियो । दाइको घरको मूलगेटको घण्टी बजाउनु केहीबेर अघिसम्म पनि हाम्रो अंशबण्डा नभएको तर्क अथवा इगोबाहेक उसलाई भेट्ने भावनात्मक उत्सुकता र प्रेम थिएन ।

१८ वर्षको वनबासपछि पनि हाम्रो पुनर्मिलन राम र भरतको जस्तो नहुने निश्चित नै थियो । संवेदना र भावनालाई जोगाउन नसकेकोमा आफै देखेर आफै अचम्भित भएँ।

घण्टी बजाएको एकछिनमा ढोका खोल्न एउटी महिला आइन् । ढोका आधा खोलेर चियाइन् । दाइकी श्रीमती होलिन्– भाउजू ! उनीहरुप्रति मनमा सम्मान बाँकि थिएन । त्यसैले शिष्टाचारको औपचारिकता पूरा नगरी सोधें–राम छ ? ‘तपाईं को ?’ उनले पनि ठाडै सोधिन् ।

‘भाइ’, मैले आवश्यकता भन्दा एक शब्द पनि बढी बोलिनँ । ‘को भाइ?’, उनले फेरि सोधिन् । उनीहरूको जीवनमा मेरो प्रसंग उठ्न छोडेको धेरै भइसकेको थियो ।

त्यसैले उनले आफ्नो लोग्नेको कुनै भाइ पनि रहेको तितो सत्य बिसिर्सकेकी थिइन्। मैले नाता प्रमाण सहितको जवाफ फर्काए–रामकृष्ण अधिकारीको कान्छो भाइ म मदन अधिकारी ।

उनले चिनिन् । मेरो आगमनले भएको नोक्सान उनका आँखामा स्पष्ट देखिन्थ्यो । सम्बन्ध दोहोरो नै हुन्छ उनको पनि मप्रति सम्मान र स्नेह थिएन । त्यसैले मेरो आगमनले आफू खुसी भएको देखाउने असफल प्रयास उनले पनि गरिनन् ।

एकछिन हेरेर ढोका खोल्दै भनिन् –आउनुस् । ‘ऊ त्यहाँ होइसिन्छ।’ भित्र पुगेपछि अर्को कोठा देखाउँदै उनले रामको ठेगाना बताइदिइन् । ऊ एक्लै थियो । केही पिइरहेको ।

१८ वर्षपछि दाजुभाइको भेट भएको थियो । छुट्टिने बेला ऊ एयरपोर्टसम्म आएको थियो मलाई बिदा गर्न। विछोडको पीडा बनी झर्न लागेका आँसु आँखामै रोक्ने प्रयास गरेको थियो दाइले ।

म छुट्टिएको त्यो पल खप्न आमापछि सबैभन्दा गाह्रो उसैलाई परिरहेको थियो । तर, त्यति लामो विछोडपछि भेटिँदा हामी मुस्कुराउन सकेनौं। मेरो उपस्थितिले चढ्दै गरेको उसको नशासमेत उतारी दियो ।

एकछिन पछि सम्झेर मुस्कुराउन खोजेर ढिलै भएपनि औपचारिकता पूरा गर्न खोज्यो उसले। मैले त त्यो पनि गरिनँ । ‘बस्, कहिले आइस् ?’, दाइले सोध्यो ।

‘सरासर आउँदै छु’, मैले भनें। मेरो जवाफमा उसले टाउको हल्लायो । लाग्थ्यो, म उसलाई अचानक आइलागेको बडो कठिन परिस्थिति भएँ । बोल्ने शब्दको खडेरी पर्‍यो। सानो छँदा दिनरात कुरा गरेर नथाक्ने हामी दाजुभाइ त्यो सुनसान कोठामा निशब्द भयौं ।

‘एउटा ग्लास ल्याउ त’, मौनता तो`ड्दै दाइले भान्सामा भएकी आफ्नी श्रीमतीसँग मेरा लागि एउटा गिलास माग्यो । ‘भाउजू’ गिलास बोकेर आएकी महिलाको औपचारिक परिचय दियो । मैले हात जोडिनँ ।

ओठले नमस्कार मात्रै भने । उनले हात जोडिन् तर नमस्कार उच्चारण गरिनन् । हिसाबकिताब बराबर भयो। उनी भान्सामा नै फर्किन् । दाइले गिलास भरिदियो। आइस हाल्दियो। सलादको प्लेट पनि दुबैको बिचमा हुनेगरी राख्यो । दाइले आफ्नो गिलास उठायो ।

मैले मेरो गिलास उठाएँ । तर हामीले चेयर्स गरेनौं। आ–आफ्नो घुड्की लिएर गिलास टेबलमा राख्यौं । ‘एकछिन भान्सामा आइसियो त’ भाउजुको तर्फबाट निम्तो आयो। दाइ उठेर गयो ।

म एक्लै पिइरहेँ । भान्सामा पाकेको खासखुस, सल्लाह र साउतीले मलाई यहीँसम्म अमन र अरुची पैदा भइरहेको थियो । केहि मिनेटको गोप्य भेला

सम्पन्न गरेर ऊ फेरि उही निशब्द कोठामा आयो । तर फेरि पनि बोल्नलाई हामीसँग शब्द र विषय थिएन । ‘जग्गा ससुरालीले दिए, भाउजुकै नाममा पास गरेर ।

ऋणपान खोजेर घरसम्म ठ्ड्याएँ ।’ स्वास्नीको कथा, संम्वाद र निर्देशनमा उसले बडो घतलाग्दो अभिनय देखायो। अभिनयपछि आफ्नै स्पष्टीकरणले लज्जित भएको रातो अनुहार एक घुड्की लिएर सामान्य बनाउन खोज्यो तर आँखा उठाएर मलाई हेर्न सकेन ।

आँखा झुकाएर चुपचापले झोक्राइ रह्यो । ‘मलाई तेरो घरमा कुनै इन्ट्रेस्ट छैन, दाइ । घर त के मलाई यो शहरमा नै इन्ट्रेस्ट छैन । म गाउँमै सेटल हुन चाहन्छु । धेरै भाग अहिलेसम्म म, बाँकी जीन्दगी आनन्दले गाउँमै बिताउन चहान्छु ।’

मैले आफ्नो योजना सुनाएँ । ‘तर गाउँमा हाम्रो केही छैन। बुबाआमाको औ`षधि उप`चारमा सबै सकियो’, भाउजू पर्दा पछाडिबाट मन्चमै आइन । दाइ फेरि केही बोलेन । उसरी नै झोक्राएको नै थियो।उ नबोलेपछी म आफै बोल्न बाध्य भएँ ।

‘भाउजू!’ म उनलाई पहिलोपटक साइनो लगाउँदै थिएँ ‘यो हामी दाजुभाइको कुरा हो । हाम्रो पितापुर्खाको सम्पत्ति हो । म तपाईंको दाइजोमा लालच गर्दिनँ, तपाई मेरो अंशको लालच छोड्नुस् ।’ अतिथिको तितो जवाफले निलो भएको अनुहार लिएर उनी त्यहाँबाट गइन् ।

उनी अर्थात भाउजूप्रति मेरो मनमा प्रारम्भदेखि नै कुनै सम्मान थिएन । उनले मेरा बुबाआमालाई जे गरिन आमाले मलाई सबै सुनाउनु भएको थियो । म त्यसको बदला लिन चहान्थेँ । अहिले अलिकति मात्र चोट पुर्‍याएकोमा पनि मलाई निकै आनन्द भयो ।

मलाई थाहा छ दाइले मलाई अंश लगाउन सक्ने केही छैन् । यता बुबाको मृ त्यु हुँदा उता म खैरेसँग पिआर (पर्मानेन्ट रेजिडेन्स)को भिक मागिरहेको थिएँ । म घरपरिवार, बुबाआमा, जग्गाजमिन, गाउँसमाज र देश भएको मान्छे । ती केही छैनन् भन्दै आफुलाइ सक्दो टुहुरो प्रमाणित गर्न डटेर लागेको थिएँ ।

बुबा बित्नु`भयो तर एउटा कागजको खोस्टोको लालचमा म उहाँलाई दागबत्ति दिन आइन । बुबाको मृ`त्युपछि दाइनै घरमुली भयो। गाउँमा बुवाको तोरी, गहुँ र धान फल्ने पहँेला, हरिया फाँटहरु आँखाले भ्याएसम्म थिए । श्रीमतीको काठमाडौ बस्ने रहर पूरा गर्न दाजुले ती सबै बेच्यो ।

मेरो भागको अंशको लागि आमा अन्तिमसम्म लड्नु`भयो । आमाको त्यही अडानले गर्दाउनलाई गाउँमै छोडेर दाइ काठमाडौ सर्‍यो । आमाको साहरा हुन म फेरि पनि आइन् । एक्ली अनि बुढी आमाको साहरा हुनुभन्दा मलाई त्यो हिउँले कहिले नछोड्ने तन र मन नै चिसो र कठ्याग्रीएको देशको पिआर हुने कुरा प्राथमिक लाग्यो ।

मेरो धेरै आग्रह र सबै सम्पत्ति खाने सर्तमा दाइले बल्ल बल्ल आमालाई काठमाडौ ल्यायो । तर काठमाडौमा आमाले बाँचुञ्जेल दुर्व्य`वहार सहनुभयो । आमा, आमाको स्थानबाट झर्नु पर्यो । सहिनसक्नु भएपछि आमा २ महिनापछि गाउँनै फर्कनु भयो । र एक्लै एकरात संसार छोड्नुभयो ।

अनि म फेरि पनि आइन। काजकिरियाको सामाजिक औपचारिकता दाइले नै पूरा गर्‍यो । ‘आइमाइ केटाकेटीसंग यस्तो कुरा गरेर के फाइदा । भात पस्किन्छु भान्सामा आइज’, दाइले भन्यो । हामीले चुपचाप भात खायौं । ओछ्यानमा ढल्केपछि मलाई दाइको माया लागेर आयो । बुबाआमाको पुरानो तस्वीर मेरो सिरानीमा रहेछ । मलाई बुबाआमाको त्यो फोटोले ‘त्यसो नगर’ भनेजस्तो लाग्यो ।

हिसाबै गरेपनि दाइले बुबाआमाको निम्ति धेरै नै गर्‍यो मेरोभन्दा । एकदुई घटना छोडेर उसले छोरो हुनुको सबै कर्तव्य निभायो । मैले के गरे ? सात समुन्द्रपारीबाट उसको मुल्यांकन मात्रै गरिरहें । मैले आफ्नै निम्ति गरिरहँदा उसले चाहिँ बुबाआमाकै निम्ति मात्रै गर्नुपर्छ भनेर न्यायाधीश भएँ ।

मैले त बुबाआमालाई दाग`बत्ती दिन मात्रै पनि सकिन । एउटा पिआरका लागि मैले सबैथोक त्यागेर बसें । सबैथोक गुमा`उन राजी भए । बाँकि एउटा दाजु थियो, मलाई लाग्यो– उसलाई पनि मैले त्यस`दिन गुमाएँ ।

बिहान घाम लागेपछि ब्युझें। दाइको सपरिवार लिभिङ रुममा चियापान गरिरहेका थिए । १४वर्षकी छोरी र ९ वर्षको छोरा । मेरा भतिजा र भतिजी स्कुल जाने तयारीमा थिए । अपरिचितलाई हेरे झैं आँखा उठाएर एक पटक हेरे । सायद भाउजूले सबै कुरा भनिन् कि नमस्कार पनि गरेनन्। झोला बोकेर बाटो लागे ।

मैले पनि झोला बोकें। बुबाआमाको अति नै दुर्लभ फोटो झिकेर नसोधी झोलामा राखेको थिएँ । आफू जन्मिएको धर्ती सधैंका लागि छोडेर उडिरहदा मैले तिरेको पिआरको मूल्यले मलाई नै अचम्भित पारेको छ । – यो कथा सन्तोष चिमरियाको फेसबुक बाट लिईएको हो । ( तस्बिर – प्रतीकात्मक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...