विकराल तस्वीर : यसरी बचाईयो यी बालकको ज्यान

काठमाडौं – यी तस्बिर हेर्दा सबैको मनमा लाग्छ श’त्रुलाई पनि यस्तो कहिल्यै नहोस ।


एकाएक सामाजिक सञ्जालमा सार्वजानिक उक्त तस्बिर हो यमनका फैयद समिम नाम गरेको बालकको । भो’कका कारण कं’कालजस्तै भइसकेका ७ वर्षका समीम प्यारालाइसिस र ग’म्भीर कु’पोषणको शिकार भएका समीमको तौल केवल ७ किलो छ ।


समीमको हालत निकै गम्भीर भइसकेको थियो र मुस्किलले उनको ज्यान बचाउन सकियो । अहिले उनलाई यमनको राजधानी साना ल्याइएको छ जहाँ एक अस्पतालमा उनको उपचार भइरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

अल शबीन अस्पतालको कुपोषण वार्डका सुपरभाइजर डा। रागेह मोहम्मदका अनुसार समीमलाई अस्पताल ल्याउँदा उनको ज्यान जानै लागेको थियो । समयमै सही निर्णय गरेर उनलाई बचाउन सकिएको बताउँदै डा. मोहम्मदले अब उनको स्थिति सुधार भइरहेको बताए । डाक्टरका अनुसार समीम सेरब्रल पल्जी र गम्भीर कुपोषणका शिकार छन् ।


राजधानी सानाको अस्पताल ल्याउनका लागि समीमलाई लिएर १७० किलोमिटर भत्किएको जीर्ण बाटो यात्रा गर्नुपरेको थियो ।समीमको उपचारको लागि उनको परिवारसँग पैसा पनि छैन । उनको परिवार उपचारको लागि दानमा निर्भर छ ।


स्थानीय अस्पतालका डाक्टरले देशमा कुपोषित बालबालिकाको संख्या बढिरहेको बताए । संयुक्त राष्ट्रसंघले यमनले विश्वकै ठूलो मानवीय संकटको सामना गरिरहेको बताएको छ ।

थप समाचार

काठमाडौं – इन्डोनिसियामा एक ७८ वर्षका वृद्धले १७ वर्षकी किशोरीसँग दुवैले खुसिसाथ विवाह गरेको गरेको छ ।


झट्टा सुन्दा कसैले पनि विश्वास गर्न नसकिने विवाह त्यो पनि खुसिको साथ भएको इन्डोनियासको स्थानिय मिडियाहरुले जनाएको छ । यसरी अनमेल विवाह लामो समय सम्म यात्रा भने गर्न सकेन । विवाहको २२ दिनमै यो जोडीको जीवनमा ठूलो घटना भयो । इण्डोनेसियाको पश्चिम जावाको सुवाङमा यो जोडीले विवाह गरेको २२ दिनमै सम्बन्धविच्छेद गरेका छन् ।


अबाह सर्ना नामका ७८ वर्षका व्यक्तिले नोनी नविता नामकी १७ वर्षकी किशोरीसँग बिहे गरेका थिए । तर, त्यसको २२ दिनमै उनीहरुको सम्बन्धविच्छेद भयो । बेहुलीको परिवारका अनुसार अबाहले नै अचानक आफ्नी श्रीमती र उनका माइतीलाई सम्बन्धविच्छेदको नोटिस पठाएका थिए ।


नोनीकी दिदी इयानका अनुसार उनीहरुबीच कुनै विवाद पनि भएको थिएन । बेहुलीका माइतीले उमेर फरक हुँदाहुँदै पनि यो विवाह स्वीकार गरेका थिए तर अबाहकै परिवारले यसमा आपत्ति जनाए । उनीहरुको बेहेको बेला नोनी पहिले नै ग’र्भव’ती भएको चर्चा चलेको थियो ।


तर नोनीकी दिदी इयानले भने यो खबर सत्य नभएको भन्दै खण्डन गरेकी छिन् । विवाहको क्रममा अबाहले नोनीलाई निकै ठूलो परिमाणमा उपहार समेत दिएका थिए जसले धेरैको ध्यान तानेको थियो । तर, अचानक उनहिरुले सम्बन्ध वि’च्छेद गर्नुपर्ने स्थिति किन आयो भन्ने प्रस्ट हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...