स्कुल झोला भिरेर गरेको जिम्न्यास्टिक भाईरल,मन्त्रीले पनि गरे शेयर

नयाँ दिल्लि –

केहि दिन अगाडि सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो निकै भाइरल भएको थियो ।

स्कुलबाट घर फर्किने क्रममा स्कुले झोला बोकेर गरेको जिम्न्यास्टिक भाईरल भएसँगै उक्त भिडियोलाई मन्त्रिले समेत टुइृट गरेको छ ।


कतिपयाले थाहा नहुन सक्छ जिम्न्यास्टिक के हो भनेर । जिम्न्यास्टिकलाई ‘मदर अफ अल स्पोर्टस्’ का रुपमा चिनिन्छ । यो खेल उफ्रेर खेल्ने गरिन्छ ।

जिमन्यास्टिकबाट नै जिमको विकास भएको हो । फिटनेसको हिसाबले पनि यो खेल प्रभावञकारी मानिन्छ । पछिल्लो समय टिकटकमा भिडियोहरु निकै भाइरल हुन थालेको छ ।

यस्तै क्रममा एउटा भिडियो भाईरल भयो भारतिय स्कुलमा पढेको विद्यार्थीको । उनीहरु स्कुलको ड्रेसमा नै झोला बोकेर हिँडिरहेका थिए । बाटोमा उनीहरुको भिडियो खिचेकी छिन्, रोमानियाकी ओलम्पिक गोल्ड मेडलिस्ट जिम्न्यास्ट नाडिया कामनेसीले ।


उनले राखेको यो भिडियोले विश्वभरबाट राम्रो प्रशंसा पाइरहेको छ । नाडियाले यी बच्चाहरुलाई उनीहरुले देखाएको यो कौशलका लागि १०० नम्बर दिएकी छिन् । भारतका मन्त्रीले समेत यो भिडियो ट्विटरमा रिट्विट गरेका छन् ।


शारीरिक तथा बौद्धिक विका्रसमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सानैबाट जिम्न्यास्टिक खेल्दा राम्रो हुन्छ । टिनेजरका लागि त यसको महत्व अझै ठूलो छ ।

किनकि यो खेल खेल्न थालेपछि मानिस्रको मन अरू कुरातिर लाग्दैन । यो खेल ध्यान पु¥याएर खेल्न सकिएन भने हात–खुट्टा भाँचिन सक्ने डर हुन्छ, त्यसैले खेलाडीहरू निकै चनाखो भएर खेल्छन्, अर्थात् माइन्ड फोकस अत्यधिक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...