झापा – नेपालमा नयाँ भेरियन्ट सहितको को’रोना तिव्र गतिमा फैलिरहेको छ । यहि को’रोनाले मान्छेको दिमागमा यसरी ड’र त्रा’स फैलाइए दिएको छ कि मान्छेको विचमा नै मानवताको ह’त्या गरिदिएको छ ।
सँगै जिउने सँगै म’र्ने सपना बोकेर विवाह बन्धनमा बाँधिएका श्रीमान श्रीमति बिचमा नै फाटो ल्याई दिएको छ को’रोनाले । झापाको मेचिनगरमा श्रीमतिलाई कोरोना संक्रमण पुष्टि भएपछि श्रीमानले बे’वा’रिसे अवस्थामा छो’डेर गएको छ ।
मेचीनगर १३ स्थित चारआली बजारमा भाडामा बस्दै आएका रिजाल थरका श्रीमानले आफ्नी दुई जिउकी श्रीमतीलाई बे’वा’रिसे बनाएका हुन् ।
मेचीनगर १३ का वडा अध्यक्ष कृष्णराज सिग्देलले दिएको जानकारी अनुसार कोरोना संक्रमण पुष्टि भएपछि घरबेटीले समेत बस्न नदिएको ती महिलालई श्रीमानले मंगलबार साझ चारआली स्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर बताउनु भएको हो ।
ती महिलाको उद्धार गरी एम्बुलेन्समा मेचीनगर नगरपालिकाले बनाएको कोभिड आईसुलेसन वार्डमा लगिएको वडाध्यक्ष सिग्देलले बताए ।
तर त्यहाँ बिरामीलाई आफेनो मान्छे बिना राख्न नमिल्ने भन्दै वडाध्यक्षलाई फोन मार्फत नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती लगायत कोभिड आईसुलेसन वार्डमा कार्यरत डाक्टरले लिन नमानेपछि अहिले बिरामी भद्रपुर मेची अस्पताल लादै गरेको जानकारी दिए ।
नगरबासीको स्वास्थ्यपचारमा सहज होस भनेर एमबिबिएस डाक्टर सिहतको आईसुलेसन वार्डमाा नगरभित्र बसोबास गर्ने नागरिकले नै उपचार गर्न नपाएर अन्यत्र नै लैजानुपर्दा आफुलाई दुख लागेको वडाध्यक्ष सिग्देलले बताए ।
























